
जाजरकोट । सेभ द चिल्ड्रेनका कर्णाली तथा सुदूरपश्चिमका साझेदार संस्थाहरू मध्ये पाँचतारा युवा संरक्षक मंञ्च जाजरकोट उत्कृष्ट भएको छ । वित्तीय व्यवस्थापन, पारदर्शिता तथा अनुशासनका क्षेत्रमा कायम गरिएका सुचकहरुलाई आधार मानि वार्षिक रुपमा गरिएको निरन्तर मूल्याङ्कनका आधारमा संस्थालाई यस बर्षको उत्कृष्ट घोषणा गरिएको हो । सेभ द चिल्डेनका एसेसियट डाइरेक्टर धन भुषालले संस्थाका अध्यक्ष छवि पन्तलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सेभ द चिल्डेनका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संग सन् २०२२ मा साझेदारी गरी विभिन्न विषयगत क्षेत्रमा काम गर्ने साझेदार संस्थाहरूको वार्षिक साझेदारी समीक्षाका अवसरमा पाँचतारा युवा संरक्षक मंञ्च जाजरकोटलाई प्रथम घोषणा गरिएको हो । त्यसैगरी उत्कृष्ट कर्मचारीका रूपमा संस्थाका लेखा संयोजक राजेन्द्र प्रसाद थारुलाइ छनौट गरिएको छ ।
त्यसैगरी दोस्रो संस्थाका रुपमा किडाक कालिकोट तथा तेस्रो संस्थाका रुपमा वाक अछाम भएको प्रशासन तथा वित्त व्यवस्थापक इन्द्र केसीले बताए । सेभ द चिल्डेनका लुम्बिनी,कर्णाली र सुदूर पश्चिमका ११ वटा साझेदार संस्था मध्ये सन २०२२ मा संस्थाको व्यवस्थापन सुदृढ भएकोले तथा विभिन्न सूचकहरु राम्रो देखिएको घोषणा गर्दै सेभ द चिल्डेनका एसेसियट डाइरेक्टर भुषालले बताए ।
सेभ द चिल्डेनका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आफ्नो साझेदारहरु माझ निरन्तर रुपमा वार्षिक समीक्षा गरी साझेदारीका सबल पक्ष तथा यसका सिकाइहरुलाई आउँदो दिनमा अझ परिमार्जित गर्दै लैजाने उनले बताए । साझेदारी समीक्षाको क्रममा साझेदारीको मोडालीटी तथा आउँदो दिनका प्राथमिकताहरुका बारेमा गहन छलफल तथा विश्लेषण गरिएको थियो ।
















































। १३ पुष २०७९, बुधबार