काठमाडौं : सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई आज महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेकी हुन्। यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले पदबाट राजीनामा दिएपछि पोखरेल महान्यायाधिवक्ता नियुक्त भएका हुन्।
। १३ पुष २०७९, बुधबार