सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत भएका छन् । उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राजीवविक्रम शाहपछि हटेपछि शाही सर्वसम्मत भएका हुन् । स्वयम् शाह जीवनबहादुर शाहीको प्रस्तावक बनेका छन् भने जानकी सिंह समर्थक रहेकी छन् ।
कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका छन् । उनीले मंसिर ४ को निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट एमालेका छक्कबहादुर लामालाई ४,०७७ मतान्तरले पराजित गरेका थिए ।
। ८ पुष २०७९, शुक्रबार