जाजरकोटमा ३३ करोड बराबरको सुन्तला उत्पादन

May be an image of fruit and nature

जाजरकोट । जाजरकोटमा यसबर्ष ३३ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत बर्षको तुलनामा १६ प्रतिशत उत्पादन बृद्धि भएको जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको हो ।

पराम्परागत खेती प्रणालीलाई किसानहरुले बर्षेनी परिवर्तन गर्न थालेका छन् । धान, मकैं, गुहँु खेती जस्ता अन्न बाली उत्पादन गर्दै आएको जमिनमा किसानहरुले बर्षेनी व्यवसायिक सुन्तला खेतीको क्षेत्र विस्तार गर्न थालेका छन् । सुन्तला उत्पादनको लागि यस बर्ष राम्रो सिजन भएको बताउदै प्रधानमनत्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई जाजरकोटका निमित्त प्रमुख दिपेन्द्र पोखरेलले प्रत्येक बर्ष सुन्तला खेतीको क्षेत्र विस्तारले पनि यस बर्ष सुन्तला उत्पादनमा वृद्धि भएको बताए ।

May be an image of food and nature

कुशे गाउँपालिकाका वडा नं. १ देखि ९ सम्म, भेरी नगरपालिका–१, २, ३, ४, ५, ६, ७ र १० नम्बर वडा, नलगाड नगरपालिकाको वडा नं. १ देखि ७ सम्म र छेडागाड नगरपालिकाको १०, ११ र १२ नम्बर वडाका १७५ नीजि फर्म, समुह, सहकारीले ६०५ हेक्टर जमिनमा व्यवसायिक सुन्तला खेती गरीरहेको निमित्त प्रमुख पोखरेलले जानकारी दिए । १७५ फर्म, समुह, सहकारीका २ हजार २०१ जना किसानहरुले व्यवसायिक सुन्तला खेती गरीरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कार्यान्वयन इकाई जाजरकोटले जनाएको छ ।

गत बर्षको तुलनामा १६ प्रतिशत उत्पादन बृद्धि भएको सुन्तला यस बर्ष ६ हजार ७५० मेट्रीटन उत्पादन भएको कृषि विकास कार्यालय, जाजरकोटका सुचना अधिकारी टोपेन्द्र विश्वकर्माले जानकारी दिए । किसानले बारीबाटै प्रतिकिलो ५० रुपैयामा बिक्रि वितरण गर्ने गरेको जानकारी दिदै सुचना अधिकारी विश्वकर्माले ६ हजार ७५० मेट्रीटन सुन्तलाको मुल्य ३३ करोड ७५ लाख हुन आउने बताए ।

तपाईको प्रतिक्रिया