जाजरकोट दरवार संग्राहलय किन ?

जनक केसी

May be an image of 1 person, standing and sky
पृष्ठभुमि
सन १३९८ अर्थात विक्रम सम्वत १४५५मा राजा जगतिसिंह मेदिनीवर्माले सुन्दर जगतिपुर नगरीलाइ राजधानी वनाएर स्थापना गरेको जाजरकोट राज्यको इतिहास तत्कालीन राजा र उनीहरुको शासनमा मात्र सिमित छैन । जाजरकोट राज्य निर्माणको इतिहासमा राजा र उनीहरुको शासन मात्र नभएर यहाँका जनताको त्याग, तपस्या, सिर्जनशीलता, कला, साहित्य, सामाजिक जनजीवन तथा गौरवपुर्ण जीवनशैली अर्थ पनि गाँसिएको छ । हामी आज जहाँ छौं, जे कुरा प्राप्त गरेका छौं अर्थात जसरी वाँच्न पाएका छौं त्यो सवैको श्रेय हाम्रा पुर्खाहरु र उनीहरुको संघर्ष तथा गौरवपुर्ण जीवनगाथालाइ जान्छ । हाम्रा पुर्खाहरुले निर्माण गरिदिएको इतिहास, उनीहरुले सिर्जना गरिदिएको सभ्यता, सँस्कार, जीवनशैली, कला, साहित्य, संगीत र भाषा नै हाम्रो मौलिक सम्पदा हो जसलाइ जोगाउने दायित्व हाम्रो काधमा छ । नेपालका अन्य जिल्लाको तुलनामा हाम्रो इतिहास, सँस्कृति, भाषा साहित्य, गीतसंगीत र मौलिक जीवन शैली कुनै कुरामा कम्जोर अनि कम महत्वको छैन ।
May be an image of 2 people and outdoors
जाजरकोट राज्य स्थापना गर्दा देखि नेपाली जनताले महान तथा गौरवपुर्ण तरिकाले लडेका दुइ लडाइहरु एउटा अंग्रेज विरुद्धको लडाइ तथा अर्काे नेपाल एकिकरणका लागि लडेको लडाइ मध्य नेपाल एकिकरणको लडाइमा जाजरकोटी जनताले निर्वाह गरेको गौरवपुर्ण भुमिका आज हाम्रो पुस्ताले मात्र होइन भोलिका पुस्ताले पनि जान्न, वुुझन र महसुस गर्न पाउनु पर्छ । नेपाल एकिकरणका प्रवर्तक पृथ्वीनारायण शाह, उनका छोरा वहादुर शाह, पहिलो राणा प्रधानमन्त्री जंगवहादुर राणा, सती प्रथाको अन्त्य गर्ने प्रधानमन्त्री चन्द्र शम्सेर राणा लगाएतका शासकहरुसंगको जाजरकोट राज्य र राजाको सम्वन्ध तथा नेपाल एकिकरणमा जाजरकोटी जनताको योगदानका विषयहरुका साथै जाजरकोट जिल्लाको समग्र आर्थिक, सामाजिक, साहित्यीक, साँस्कृतिक तथा प्राविधिक विकासका लागि जिल्लाका सातै स्थानीय तहका उर्वर भुमिहरुमा छरिएर रहेका सम्भावनाहरुलाइ एकिकृत गरि समग्र जाजरकोटको मुखपत्रको रुपमा जाजरकोट दरवार (जो जाजरकोटी राजाको नेतृत्व र जाजरकोटी जनताको रगत र पसिनाले निर्माण गरिएको थियो) लाइ संग्राहलयको रुपमा स्थापना गरि जिल्लाको महत्वपुर्ण सम्पदा एवम चिनारीको रुपमा स्थापित गर्न अति आवस्यक भएकोले यो अवधारणा तथा कार्यपत्र जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तर्फवाट तयार पारेको छु ।
जाजरकोट दरवार संग्राहलय किन ?
१. दुरदृष्टि(Vision) जाजरकोट जिल्लाको आर्थिक पर्यटन विकासका लागि दरवार संग्राहलयलाइ प्रमुख माध्यम वनाउदै जाजरकोटी जनताको लागि आर्थिक उपार्जनको स्थायी श्रोत वनाइनेछ भने यो दरवार संग्राहलयलाइ आउने पुर्खाहरुले हाम्रो पुस्ताको अमर कमाइको रुपमा लिदै आफनो पुस्ताको समृद्धि र विकासको लागि उच्च प्रेरणा मान्नेछन् ।
२. लक्ष(Goal) यो दरवार संग्राहलय मार्फत जाजरकोट जिल्लाको समग्र इतिहास, मौलिक कला, सँस्कृति, भाषा, साहित्य तथा जनजीवनका सवै श्रोत र आयामहरुलाइ एकै ठाउँमा ल्याउने ।
३. उद्देस्य (Objective) जाजरकोटको इतिहास, कला सँस्कृति, भाषा साहित्य, मौलिक गीतसंगीत तथा र पहिचान जोगाउनका लागि आम जाजरकोटीलाइ साझा अभियानमा एकतावद्ध गराउदै समृद्ध जाजरकोट निर्माणका लागि उत्साह प्रवाह गर्ने ।
जाजरकोट दरवार संग्राहलय किन ?
क.दरवार हेर्न आउने जिल्ला भित्र र वाहिर सवै ठाउँका मानिसहरुलाइ जाजरकोटको गौरवपुर्ण चित्र देखाउन ।
ख. जाजरकोट पर्यटन विकासको प्रचुर सम्भावना भएको जिल्ला हो भनेर देखाउन ।
ग. जाजरकोटी जनताको आर्थिक विकासमा टेवा पुरयाउन ।
घ. जाजरकोटवारे जान्न चहाने वुझन चहाने तथा पढ्न चहानेहरुलाइ अध्ययनका लागि भरपर्दाे श्रोतको रुपमा जाजरकोट दरवार संग्राहलयलाइ विकास गरि हाम्रो गौरवपुर्ण विगत दुनियालाइ देखाउन ।
ङ . भविष्यका पुस्ताका लागि हाम्रो पुस्ताको कमाइ सुरक्षित गरेर राखिदिन ।
च. जाजरकोटका सातै स्थानीय तहहरुको ऐतिहासिक, मौलिक, साँस्कृतिक, सामाजिक, भाषिक, साहित्यीक तथा प्राकृतिक पहिचानलाइ एकै स्थानवाट सवैले हेर्न, अध्ययन गर्न मिल्ने अवसर र माध्यम वनाउन ।
छ.. जाजरकोट राज्यको निर्माण, सन्चालन र नेपाल एकिकरणमा जाजरकोटको योगदानको गौरवपुर्ण इतिहासवारे दुनियालाइ वताउन ।
ज. कर्णाली प्रदेशमा जाजरकोट जिल्लालाइ पर्यटकीय क्षेत्रका हिसावले मुख्य आकर्षक गन्तव्यको रुपमा विकास गर्न तथा जिल्लाका सवै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम निर्माणका लागि श्रोत सामाग्री प्रदान गर्न ।
जाजरकोट दरवार संग्राहलय भएपछि हुने उपलव्धीहरु
१. जिल्लाका सवै प्रकारका सम्पदाहरुको संरक्षणका लागि विभिन्न अवसरहरुको ढोका खुल्ने छ ।
२. आन्तरिक तथा वाहय पर्यटकहरुका कारण जिल्लामा विभिन्न मौलिक कृषि उत्पादन तथा औधोगिक उत्पादनको व्यापार वढेर जनताको आयआर्जनमा वृद्धि हुनेछ ।
३. जिल्लामा पर्यटन विकासको लागि सवै सरकार, सरोकारवाला तथा स्थानीय जनताहरुमा नयाँ सोच र उत्साहको विजारोपण भएको हुनेछ ।
४. जिल्लाका सवै सरकार र निकायहरु आफना आफना सम्मदाहरु जोगाउने तर्फ सक्रिय हुनेछन् भने नयाँ पुस्ताहरुमा पनि यसवारे प्रेरणा मिल्ने छ ।
५. जिल्लामा पर्यटन क्षेत्रको विकासको नाउँमा आर्थिक तथा प्राविधिक श्रोतहरु भित्रिएर रोजगारीका अवसरहरु वढ्नेछन् ।
६. कला, सँस्कृति, साहित्य, भेषभुषा, भाषा तथा मौलिक गीतसंगीतका साथै मेलापर्वहरुको संरक्षणका लागि एउटा शसक्त अभियान चल्नेछ ।
७. जीर्ण तथा वेवास्तामा परेका अन्य सवै प्रकारका सम्पदाहरुको जगेर्ना गर्न सरोकारवालाहरुलाइ दवाव वढेर अर्थपुर्ण प्रतिफल प्राप्त हुनेछ ।
८.रोजगारीका लागि विदेश जाने, कृषि उत्पादनहरु जिल्ला वाहिरवाट ल्याउने चलनलाइ निरुत्साहित गर्दै पर्यटन व्यवसायका लागि वाँझा खेतवारीमा उत्पादन हुन थाल्नेछ भने स्थानीय सीप साधनको उत्पादनमा लाग्न स्थानीयवासीलाइ प्रेरणा मिल्ने छ ।
संग्राहलय निर्माणका लागि गरिने कामहरु
१. जाजरकोटको इतिहास, भुगोल, जनसंख्या, कला सँस्कृति, साहित्य, भाषा, भेषभुषा, मौलिक परम्परा, वाजा, गीत संगीत तथा सामाजिक जनजीवनको मौलिक पहिचान र चिनारी दिने सवै दस्तावेज, साधन, वस्तु, चित्र, चलचित्र, तथा स्वरुपहरु संकलन गर्ने र तीनलाइ व्यवस्थित र नियमपुर्वक दरवारमा प्रदर्शनीका लागि राख्ने ।
२.संग्राहलय निर्माणको लागि सवै सरकार, सरोकारवाला निकाय र अन्य पक्षहरुसंग आर्थिक श्रोत व्यवस्थापनका लागि सहकार्य र समन्व्य गर्ने ।
३. संग्राहलय स्थापना तथा सन्चालनको लागि जिल्ला भित्र र वाहिर रहेका सवै जाजरकोटी, विभिन्न विज्ञ तथा जानकार व्यक्ति तथा संघ सस्थाहरुसंग आवस्यक सल्लाह, परामर्ष तथा ज्ञान आदानप्रदान गरेर अघि वढ्ने ।
४.जाजरकोट दरवार संग्राहलय हुने निस्चित भएपछि जिल्ला प्रशासन कार्यालयको खलंगावासीको माग अनुसार उचित र न्यायपुर्ण व्यवस्थापनका लागि दरवार क्षेत्र भित्र रहेको कुल ४ हजार ४ सय ५ वर्गमिटर जग्गा मध्य दरवार र दरवार अघिको आँगनले ओगटेको २ हजार २ सय ४० वर्ष मिटर क्षेत्रफल वाहेक वाँकी रहको अन्य २ हजार १ सय ६५ वर्ग मिटर क्षेत्रफलमै प्रशस्त रुपले जिल्ला प्रशासन कार्यालयको नयाँ भवन वनाउन सकिने अवस्थाका लागि लागि सवैले एक मतका साथ सहकार्य गर्ने ।
५. संग्राहलय सम्म पुग्नका लागि पहुँच मार्ग निर्माण गर्न ठाँटीवजार देखि दरवारको पुर्वी गेट सम्मै ढुंगा विछ्याइएको वाटो रेलिंग सहित मौलिक रुपमा निर्माण गर्दै पस्चिम पट्टिको वाटोका लागि पनि जिल्ला समन्वय समितिको सभाहल तल देखि पुरानै वाटोको स्वरुप तयार पार्ने ।
६. दरवार प्रवेश गर्दा विगतमा वनाइएका साना साना ऐतिहासिक तथा कलात्मक संरचनाहरु मौलिक रुपमै पुननिर्माण गर्ने ।
७. जाजरकोट दरवारको पुरानै भव्य स्वरुप निर्माण गर्नका लागि यस अघि जिल्ला प्रशासन कार्यालय मार्फत सहरी विकास तथा भवन डिभीजन विभाग मार्फत गृहमन्त्रालयमा पुगेको झन्डै २८ करोडको लगत इस्टमेटको स्वीकृति र कार्यान्व्यनको लागि जिल्ला स्थित सवै दल, जनप्रनिनिधि तथा स्थानीय सरकारहरुले पहल कदमी लिने । साथै जिल्ला प्रशासन कार्यालयको भवन निर्माणका लागि तयार पारिएको प्राविधिक स्टमेट अनुसारको वजेट व्यवस्थापन र कार्यान्वयनका लागि जिल्लाका तर्फवाट सार्थक एवम सिघ्र पहल गर्ने ।
संग्राहलय कसरी सन्चालन गर्ने ?
१.संग्राहलय सन्चालनका लागि एउटा कार्यविधि निर्माण गर्ने ।
२ संग्राहलय सन्चालनका लागि सन्चालक तथा व्यवस्थापन समिति निर्माण गरेर त्यहि समितिको जिम्मेवारीमा सन्चालनका कामहरु गर्ने ।
संग्राहलयको अपनत्व कसले लिने ?
१. जाजरकोट दरवार संग्राहलय सन्चालनका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटमा दर्ता भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सुरु गरेको अभियान र योगदान अनुसार जिल्लाका सातै स्थानीय तह, जिल्ला समन्वय समिति र कर्णाली प्रदेश सरकारले पुरातत्व विभाग लगाएतका विभिन्न निकायहरुसंग आवस्यक समन्व्य गरि यसको सम्पुर्ण वा आंशिक स्वामित्व लिदै संग्राहलय सन्चालनको मुख्य जिम्मेवारी जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान या अन्य कुनै जिम्मेवार निकायलाइ दिने व्यवस्था गर्ने ।
२. दरवार संग्राहलयको लागि जिल्ला समन्वय समिति, जिल्लाका सातै स्थानीय तहहरुको आपसी समझदारी र कर्णाली प्रदेश सरकारको
निर्णयले संग्राहलय सन्चालनका लागि सन्चालक तथा व्यवस्थापक समिति र कार्यविधि वनाउने काम गर्ने ।
३.कर्णाली प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्लाका सातै स्थानीय तहहरुको निर्णयले जाजरकोट सम्पदा संरक्षण समितिलाइ संग्राहलय सन्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन सक्ने किन भने प्रतिष्ठानको विद्यानमा उल्लेख भएका १३ वटा उद्देस्यहरु मध्य सातौं नम्वरको वुदामा दरवार संग्राहलय सन्चालन गर्ने भनेर तोकिएको छ जुन विद्यानलाइ जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदले समेत मान्यता दिइसकेको छ ।
१. जाजरकोट दरवार वारे छोटो जानकारी
क. रातो दरवार
जाजरकोट राज्यका ९ औं राजा मन्दिर शाहका छोरा विरम्मा शाहले जगतिपुरवाट खलंगामा राजधानी सारेपछि सुरुमा सामान्य अवस्थावाट राजकाज चलाएको तर जाजरकोटका १६ औं राजा हरि शाहले विक्रम सम्वत १८२५ माघ महिनामा निर्माण कार्य सुरु गरेर रातो दरवार वनेको दस्तावेजहरुवाट भेटिन्छ । जहाँ अहिले जिल्ला समन्वय समितिको कार्यालय रहेको छ । रातो दरवार जाजरकोट खलंगाको पहिलो दरवार पनि हो । पुरातात्वीक महत्व, निर्माण कला र ऐतिहासिकताका हिसावले निकै महत्वपुर्ण यो रातो दरवार आन्तरिक तथा वाहय पर्यटकहरुका लागि निकै आकर्षक सम्पदा हो । गोरखाका राजा पृथ्वीनारायण शाह र जाजरकोटका राजाहरु हरि शाह तथा उनका छोरा गजेन्द्र शाहले १८२५ माघ ७ गते र त्यसपछि गरेका सवै सन्धीहरु यहि दरवार देखि सन्चालित शासनकालमा भएका थिए ।
२.सेतो दरवार
जाजरकोटकोट जिल्लाको सवै भन्दा महत्वपुर्ण र ऐतिहासिक सम्पदाको रुपमा रहेको जाजरकोट दरवार जसलाइ नेपाल सरकारले तीन वर्ष अघि मुलुकका सय वटा प्रमुख पर्यटकीय गन्तव्यहरुमा सुचिकृत गरेको छ ।विक्रम सम्वत १८५२ सालमा राजा इन्द्रनारायण शाहले निर्माण कार्य सुरु गरेर उनका पनाति जाजरकोटका २० औं राजा नरेन्द्रविक्रम शाहले भव्य स्वरुप प्रदान गरेको यो दरवारका चार नाल मध्य एक नाल २०२९ सालमा भत्काइएपछि अहिले यो तीन नालमा सिमित भएको छ । प्रथम विस्व युद्धमा १ सय ५० जना जाजरकोटीको सहभागिता, नेपाल एकिकरणमा जाजरकोटी सेनाको योगदान र वाँके वर्दिया कैलाली कन्चनपुरलाइ नयाँ नेपालको रुपमा विशाल नेपालभित्र गाभ्ने काममा ८ सय जाजरकोटी सेनाले गरेको योगदान,पहिलो राणा प्रधानमन्त्री जंगवहादुर राणाकी दुइ छोरीहरु दिर्घकुमारी रजगतकुमारीले एकै लगनमा जाजरकोटी राजासंग गरेको विहे, राजा दिपनारायण शाहले तत्कालीन श्री ५ रणवहादुर शाहकी छोरी दुर्गाकुमारी शाहसंग गरेको विहे, तिव्वतमा वहादुर शाह वन्धकमा परेका वेला उनको उद्धार गर्न जाजरकोटी सेना परिचालन भएको लगाएतका अन्य महत्वपुर्ण ऐतिहासिक कामहरु यहि दरवारवाट सन्चालित शासनकालमा भएको दस्तावेजहरुमा पाइन्छ । निकै जिर्ण अवस्थामा पुगिसेको यो दरवार जिल्लाको आर्थिक पर्यटन विकासको मुख्य सम्भावना हो । यसको मौलिक स्वरुप जोगाउदै जिल्लाको समग्र कर्णालीको लागि मुख्य पर्यटकीय गन्तव्य वनाउन सवैले चिन्ता गर्नु पर्ने वेला आएको छ ।
३.जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान वारे छोटो जानकारी
इतिहास, कला सँस्कृति साहित्य, भाषिका,मौलिक गीतसंगीत तथा सामाजिक जीवन शैलीको विविधिता र विशिष्टतामा निकै वैभवशाली जाजरकोटका ऐतिहासिक, साँस्कृति, सामाजिक, प्राकृतिक तथा साहित्यीक सम्पदाहरुलाइ जगेर्ना गर्न सचेत युवाहरुको तर्फवाट अर्थपुर्ण पहलयुक्त अभियान सन्चालन गर्नका लागि जनक केसीको नेतृत्वमा सम्वत २०७९ असार ५ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सँस्थाको नाम जाजरकोट सम्पदा संरक्षण समिति हो ।
यसका विभिन्न १३वटा उद्देस्यहरु छन् जो जाजरकोटको इतिहास, कला, सस्कृति परम्परा, प्रकृति भाषा साहित्य र भेषभुषाहरुको जगेर्ना गर्ने विषयहरुसंग सम्वन्धित छन् । यस प्रतिष्ठानले आफनो पहिलो अभियानको रुपमा जाजरकोट दरवारलाइ संग्राहलयको रुपमा स्थापित गर्ने पहल विस्तारै अघि वढाएको छ ।
जय जाजरकोटी सम्पदा, जय जाजरकोटी सँस्कृति ।।
धन्यवाद ।।
जनक केसी जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।
तपाईको प्रतिक्रिया