सुशासनमा नागरिक सहभागिता कार्यक्रमको जिल्ला स्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न

No description available.
जाजरकोट । सहकर्मी समाजद्धारा जाजरकोटमा सञ्चालित सुशासनमा नागरिक सहभागिता कार्यक्रमको जिल्ला स्तरीय सल्लाहकार समितिको वैठक तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको अध्यक्षमा सल्लाहकार समितिको वैठक एवं सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

सुशासनमा नागरिक सहभागिता कार्यक्रमका जिल्ला संयोजक कृष्ण अधिकारीले कार्यक्रम रहेको बजेट, सञ्चालित तालिम तथा गोष्ठी र उपलब्धीहरुको बारेमा प्रस्तुती राखेका थिए । समन्वय प्रमुख कालीबहादुर खत्रीले मानवीय चेतनाको विकास सबैभन्दा महत्वपूर्ण भएको भन्दै सहकर्मी समाजले त्यसको महत्वपूर्ण भुमिका खेलेको बताए ।

No description available.

सुशासनमा नागरिक सहभागिता कार्यक्रमले धेरै महिला दिदीबहिनीको जीवनमा परिवर्तन ल्याएको समेत बताए । जिल्ला स्थिति विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार र विभिन्न समुहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया