सल्यानमा प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा गठबन्धनको अग्रता

No description available.

सल्यान । एक मात्र प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा पछिल्लो मतगणना अपडेट अनुसार गठबन्धनका साझा उम्मेदवार , नेकपा एकीकृत समाजवादीका उपमासचिव प्रकाश ज्वाला दोब्बर मतले आफ्नो अग्रता कायम गर्नुभएको छ ।

बेलुकि साडे ७ बजेसम्मको मत परिणाम अनुसार ज्वालाले १४ हजार ६ सय ७५ मत पाउनु भएको छ भने दोस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ७ हजार १ सय ६८ मत पाउनु भएको छ। यस्तै नेकपा एमालेका राजेन्द्र वीर रायले ४ हजार १५
मत प्राप्त गर्नु भएको छ ।

यस्तै प्रदेश सभा क तर्फ गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका भिम प्रकाश शर्माले सुरुवाती अग्रता संगै हाल सम्मको मत परिणाम अनुसार ८ हजार ९ सय ३३ मत प्राप्त गरेर अग्रता कायम राख्नु भएको छ भने नेकपा एमालेका कुल बहादुर गिरिले ४ हजार ५ सय २० मत ल्यायर दोस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै प्रदेश सभा ख तर्फ गठबन्धनका साझा उम्मेदवार ,तथा नेपाली काङ्ग्रेसका सुरेश अधिकारिले अहिले सम्म ७ हजार ६ सय ६६मत प्राप्त गर्दा नेकपा एमालेका गुलाबजङ शाहले ६ हजार ४ सय ६७ मत ल्याउदै अधिकारिलाइ पछ्याउँदै हुनुहुन्छ ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा जिल्लामा ५३.२७ प्रतिशत अर्थात पुरुष ४० हजार २१ र महिला ४४ हजार १ गरि जम्मा ८४ हजार २२ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया