एमालेका शाहीभन्दा काँग्रेसका राजीव १८८९ मतान्तरले अघि


खलंगा । जाजरकोट प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार खीमबहादुर शाही भन्दा गठबन्धन बाट नेपाली काँग्रेसका राजीव विक्रम शाह १८८९ मतान्तरले अघि छन् । छेडागाड नगरपालिकाको १३ हजार २२२ मत गन्दा राजीव विक्रम शाहले ७०५८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी खीमबहादुर शाहीले ५१६९ मत ल्याएका छन् ।

अझै क्षेत्र नं (ख) जुनीचाँदे र शिवालय गाउँपालिकाको मत गणना गर्न बाँकी छ । यस्तै राप्रपाका उम्मेदवारले १९९ मत ल्याएका छन् । ६८६ मत बदर भएका छन् ।

तपाईको प्रतिक्रिया