
पोखरा । मुस्ताङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।
नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् ।
निर्वाचित भएका गुरूङ स्थानीय तह निर्वाचनमा लोमान्थाङ(४ को वडाध्यक्षमा पराजित भएका थिए ।
मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । अहिले मुस्ताङ प्रदेशसभा ९२० को मतगणना चलिरहेको छ ।
















































। ५ मंसिर २०७९, सोमबार