कसले मार्ला बाजी ?

तीन अनुहार जसले समृद्ध जाजरकोटको चित्र कोरेका छन्


एक प्रतिनिधि सभा क्षेत्र रहेको जाजरकोटमा दुई प्रदेश सभा क्षेत्र रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उप महासचिव शक्तिबहादुर बस्नेत रहेका छन् । नेकपा एमाले बाट निरज आचार्य, स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही चुनावी मैदानमा छन् । यस्तै, प्रदेश सभातर्फ क्षेत्र नं. (क) पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बेदराज सिंह, एमालेका डम्बरबहादुर सिंह र स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्का चुनावी मैदानमा छन् । प्रदेश सभा क्षेत्र (ख) गठबन्धनका राजीव विक्रम शाह र एमालेका खीमबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन् । यहाँ हामीले प्रदेश सभा क्षेत्र नं (क) का उम्मेवारहरुको वायोग्राफी प्रस्तुत गर्दैछौं ।
वेदराज सिंह
वि.स. २०३७ साल वैशाख २४ गते जिल्लाको बारेकोट गाउँपालिका ८ सेपुखोलामा वेदराज सिंहको जन्मभयो । बुवा लालभक्त सिंह र आमा पार्वती देवी सिंहको कान्छा सन्तान हुन् वेदराज । स्कुल पढ्दा देखि नै राजनीतिमा होम्मिएका सिंह प्रस्ट वक्तामा रुपमा परिचित छन् । स्नातक तह सम्मको औपचारिक शिक्षा पुरा गरेका छन् ।

विद्यालय स्तर बाटै राजनीतिक यात्रा सुरु गरेका सिंह २०५४ सालमा ने.बि.संघको क्षेत्रीय अध्यक्ष, २०५५ सालमा भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको इकाई सभापति, २०५६ सालमा नेपाल विद्यार्थी संघको चौथो अधिवेशन बाट जिल्ला अध्यक्ष, २०५९ सालमा प्रजातान्त्रिक कांग्रेसको सह–सचिव, २०६७ मा पार्टीको १२ औं महाधिवेशन बाट क्षेत्र नं १ को क्षेत्रीय सभापति, २०७२ मा तेह्रौ महाधिवेशनमा सभापतिको प्रस्तिस्पर्धी (६ भोटले पराजित) भएका सिंह ।

२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशप्रसाद सिंह सँग ४ हजार मतान्तरले पराजित भएका थिए । सिंहले १६ हजार मत पाएका थिए भने वेदराज सिंहले १२ हजार मत ल्याएका थिए । २०७८ मा नेपाली काँग्रेसको चौधौं महाधिवेशन बाट जिल्ला सभापतिमा निर्वाचित भए । पहिले सिंहलाई परिजित गरेका गणेशप्रसाद सिंह अहिले वेदराज सिंहलाई जिताउ भनेर लागिरहेका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार भएकाले अरुभन्दा बलिया देखिन्छन् ।
डम्बरबहादुर सिंह
वुवा कर्णबहादुर सिंह र आमा पञ्चकला सिंहको सन्तानका रुपमा वि.स. २०२१ साल मंसिर २९ गते डम्बरबहादुर सिंहको बारेकोट गाउँपालिका ०५ मा जन्मभयो । राजनीतिक इमान्दारिता, संघर्ष र योगदानका दृष्टिकोणले सिंह अरु भन्दा फरक छन् । शिक्षण पेशा छोडेर राजनीतिमा होम्मिएका थिए । प्रमाणपत्र तह सम्म औपचारिक शिक्षा सिंहले हासिल गरेका छन् ।

२०३७ साल देखि अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आबद्ध, २०३९ देखि ०५५ सम्म शिक्षक संगठनको आजीवन सदस्य, २०५६ बाट नेकपा एमालेको जिल्ला कमिटी उपसचिव, सचिव, जिल्ला अध्यक्ष, अंञ्चल सदस्य, प्रदेश कमिटी सदस्य हुदै १० औं चितवन महाधिवेशनबाट हालसम्म केन्द्रीय सदस्य एवं जाजरकोट जिल्लाको सह– इन्चार्जको भूमिकामा रहेका छन् । संविधान सभाको दोस्रो निर्वाचन २०७० मा नेकपा माओवादी केन्द्रका उपमहासचिव हालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेत सँग ५२० मतले पराजित भएका थिए । जनयुद्ध, जनआन्दोलन, कयौं गिरफ्तारी र हिरासत जीवन व्यतित समेत सिंहले गरेका थिए ।
कमानबहादुर खड्का
वि.स २०३१ साल भदौ ४ गते भेरी नगरपालिका ०२ पोखरामा बुवा धनबहादुर खड्का र आमा नर्वदादेवी खड्काको जेष्ठ सुपुत्रको रुपमा कमानबहादुर खड्काको जन्मभयो । सानै उमेर २०४५ साल देखि राजनीतिक यात्रा सुरु गरेका खड्काले औपचारिक शिक्षा स्नातक तह सम्मको हासिल गरेका छन् । विद्यार्थी समयमा राजनीतिक यात्रा सुरु गरेका खड्का बलिया उम्मेदवारका रुपमा रहेका छन् । पढ्दा पढ्दै खड्काले आत्मनिर्भर बन्ने संकल्प बोकेर उनले व्यवसायिक यात्रा सुरु गरे । सरल स्वभाव , मिजासिलो, इमान्दारिता र लगनशील खड््का जनताका प्रिय नेताका रुपमा गनिन्छन् ।

२०५६ सालको स्थानीय निकायको निर्वाचनमा साविकको खलंगा गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । २०६५ देखि २०७४ मा जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्ष भएर खड्काले उद्योग वाणिज्य संघलाई सफलतामा पुर्याएका थिए । उद्योग वाणिज्य संघको अध्यक्ष हुदाँ विभिन्न क्षेत्रमा रोजगार सिर्जना गरेको, जिल्लाको कलासंस्कृति, पर्यटन, कृषि उत्पादन, व्यवसायीकरण, बजारीकरण, आधुनिककीकरण, यान्त्रिकरणमा सहयोग पुर्याएकोले अझै यहाँका स्थानीयहरुले सम्झिने गरेका छन् ।

विभिन्न सञ्चालक समिति भेरी ज्ञानोदय कम्यापस, जिल्ला अस्पताल विकास समिति, त्रिभुवन माद्यामिक विद्यालय, साङ्टारिसाङ जलविद्युत लगायतका थुप्रै संघसंस्थाहरुमा आवद्ध भई जिल्लाको विकासका लागि सधैं अग्रसर भईरहेका थिए । गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा खड्काले भारी मत प्राप्त गरेका थिए । गठबन्धनमा रहेका अन्य दलहरुले सहमति जुटाउन नसकेपछि खड्काले एकीकृत समाजवादी बाट उम्मेदवार दर्ता गराएका थिए । भारी मत प्राप्त गरेपनि विजेताका लागि निर्णायत मत बन्न सकेन् । अहिले खड्काले स्वतन्त्र उम्मेदवार दर्ता गरेका छन् ।

को कति बलियो ?
जाजरकोट प्रदेश सभा सदस्य क्षेत्र नं (क) मा स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्काले उम्मेदवारी दर्ता गरेपछि यस क्षेत्रको निर्वाचन रोचक देखिएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार वेदराज सिंह, एमालेका डम्बरबहादुर सिंह र स्वतन्त्र उम्मेदवार कमान बहादुर खड्कावीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्वतन्त्र उम्मेदवारले पाउने मतको आधारमा हार जितको टुंगो लाग्ने देखिन्छ । स्वतन्त्रकै डरमा एमाले र गठबन्धनका उम्मेदवार हरु देखिन्छन् ।
२०७४ को स्थानीय निर्वाचन हुँदा जाजरकोटमा एमाले पहिलो दल थियो । जिल्लाका सातमध्ये तीन पालिका प्रमुखसहित २९ वडाअध्यक्ष एमालेले जितेको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसले दुई पालिका प्रमुखसहित २५ वडाअध्यक्ष र माओवादीले दुई पालिका प्रमुखसहित २३ वडाअध्यक्ष जितेको थियो ।

त्यसको पाँच वर्षपछि २०७९ वैशाखमा दोस्रो पटक स्थानीय निर्वाचन हुँदा एमाले भेरी नगरपालिकाको प्रमुख,बारेकोट गाउँपालिकाको अध्यक्ष,जुनिचाँदे गाउँपालिकाको अध्यक्ष जितेको छ । जसअनुसार २५ हजार ९ सय ८५ एमालेको पक्षमा सदर भएको देखिन्छ । कांग्रेसले भेरी नगरपालिकाको उपप्रमुख , नलगाड नगरपालिकामा उपप्रमुख , जुनिचाँदेमा उपप्रमुख , शिवालय गाउँपालिका अध्यक्ष , छेडागाडमा प्रमुख र कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जितेको छ । जसको सदर भोट संख्या ३२ हजार २९ रहेको छ । माओवादीले बारेकोटमा उपाध्यक्ष , छेडागाडमा उपप्रमुख , नलगाडमा प्रमुख जितेको छ । जसको सदर भोट ३० हजार ८३ भोट माओवादीको पक्षमा रहेको छ । सोही निर्वाचनलाई आधार मानेर हेर्दा जिल्लामा सत्तारुढ गठबन्धनसँग करिब ६२ हजार १ सय १२ मत छ । एमालेको मत २५ हजार ९८५ हजार रहेको देखिन्छ । सत्ता रुढ गठबन्धन ३६ हजार भोटले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा अगाडी रहेको छ । त्यस्तै जाजरकोटमा स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की समेत प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र) बाट बिप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका कार्कीले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा अघिल्लो पटक गठबन्धन गरेका एमाले र माओवादीले एक÷एक क्षेत्र बाँडेका थिए । जसअनुसार प्रदेशसभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार नौ सय ११ मत पाएर निर्वाचित हुँदा कांग्रेसका बेदराज सिंहले १२ हजार आठ सय ७८ मत पाए । त्यसैगरी प्रदेश सभा (ख) मा बामगठबन्धनकै उम्मेदवार एमालेका करवीर शाहीले १५ हजार एक सय ८५ मत ल्याएर विजयी भए । कांग्रेसका दिपकजंग शाहले १० हजार तीन सय ६० मत पाएका थिए । अघिल्लो चुनावमा गणेश सिंहसँग पराजित बेदराज सिंह अहिले गणेशकै साथमा चुनाव प्रचारमा रहेका छन् । अघिल्लो पटक चुनावमा गणेशलाई सघाएका एमालेका अहिलेका उम्मेदवार ( प्रदेशसभा सदस्य ) (क) का उम्मेदवार डम्वरबहादुर सिंह बिरुद्ध गणेश विरुद्धमा छन् ।

यसपटक एमाले एकातिर छ भने कांग्रेस र माओवादीसहित एमालेबाट टुक्रिएको एकीकृत समाजवादीलगायत सत्तारुढ दल अर्कोतिर छन् । त्यसैले पनि प्रदेशसभाको दोस्रो निर्वाचन जाजरकोटमा थप रोचक हुने देखिन्छ । निर्वाचन क्षेत्र नं. १(क) मा भेरी र नलगाड नगरपालिकासहित बारेकोट गाउँपालिका र कुसे गाउँपालिकाको पाँच वटा वडा रहेका छन् । नलगाड गठबन्धनले जितेको छ भने , बारेकोटमा अध्यक्ष एमाले र उपाध्यक्ष माओवादीले जितेको छ । भेरीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसको जित भएको छ । कुशेमा अध्यक्ष र उपाध्यक्ष दुनै कांग्रेसकै रहेको छ । सत्ता गठबन्धनबाट प्रदेश ‘क’ मा नेपाली कांग्रेसका वेदराज सिंह उम्मेदवार रहेका छन । एमालेले डम्मरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा ( एकीकृत समाजबादी) का अध्यक्ष कमानबहादुर खड्का प्रदेश १ (क) बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । खड्काको स्वतन्त्र उम्मेदवारीका कारण क्षेत्र नम्वर १ (क) को चुनाव थप रोचक बनेको छ ।

तपाईको प्रतिक्रिया