संसदमा शक्तिका १० बर्ष : जाजरकोटका गाउँगाउँमा सडक, टोलटोलमा खानेपानी, पूर्वाधारमा नयाँ क्रान्ति


जाजरकोट । नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि सं २०२८ साल वैशाख ०१ भेरी नगरपालिका– ०१ कालेगाउँमा उनको जन्म भएको हो ।

बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा उनको जन्म भयो । उनका तीन दाजुभाई रहेका छन् । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन भने, उनकी एक मात्र सन्तान छोरी संगम बस्नेत रहेकी छिन् । बस्नेतले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

राजनीतिक यात्रा
ग्रामीण वर्ग संघर्षलाई उठान गरेर सशस्त्र वर्ग संघर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना प्राप्त गर्ने मार्ग दर्शनवाट अभिप्रेरित युवा शक्ति बहादुर वस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका थिए ।
बस्नेत २०४८ सालमा तत्कालिन एकता केन्द्र (मशाल) राप्ती क्षेत्रिय समन्वय समिति सदस्यको जिम्मेवारीमा रहेर पार्टी कामको भुमिकालाई पुरा गर्दै आएका थिए भने २०४९ साल देखि पार्टी जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

उनले २०५१ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्युरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए । यहि समयमा जिल्लाका सचेत युवाहरुको टिमले बर्ग संघर्षलाई संगठित गर्नका लागि ग्रामीण संघर्षलाई तिव्रता दिएको थियो । गाउँका सामन्तहरुको घर सेवोटेज गर्ने, जाली तमसुकहरु जलाउनुका साथै कयौं जनविरोधि फटाहहरुको बारीका मुला फाल्ने सम्मका गतिविधीहरुको कमाण्ड र निर्देशन गर्दै आएका बस्नेत २०५५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

२०५७ साल देखि पार्टी केन्द्रीय सदस्य जिम्मेवारीमा रहेका बस्नेतले भेरीकर्णाली क्षेत्रीय व्युरो ईन्चार्जको भुमिका निर्वाह गरे । २०५९ सालमा पार्टी पोलिटव्यूरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१÷६२ को ढाँडमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए । २०७१ सालमा पार्टीको स्थायी कमिटी सदस्य निर्वाचित भए । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन बाट बस्नेत उप महासचिवमा निर्वाचित भए । जाजरकोट बाट ठूला दलको उपमहासचिव पाउने पहिलो व्यक्ति हुन् । अन्य पार्टीका केन्द्रीय सदस्यहरु मात्रै छन् । पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आएका छन् ।

संसदमा शक्तिको १० बर्ष
विकासको दृष्टिकोणले हेर्दा जव शक्ति बस्नेतको उदय भयो त्यसपछि जाजरकोट विकासले फड्को मा¥यो । २०७० सालको निर्वाचन भन्दा अघि जाजरकोटमा थुप्रै नेताले चुनाव जिते निर्वाचित भए । तर जाजरकोटको विकासले गति लिन सकेन । त्यसभन्दा अघि २०६८ सालमा बस्नेत नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री हुदाँ विकासको योजना बनाएका थिए । दोस्रो संविधान सभाको निर्वाचन २०७० पछि बस्नेत नेपाल सरकारको गृहमन्त्री बने । गृहमन्त्री बनेपछि सबैभन्दा पहिले सुर्खेत र सल्यानको वीचमा पर्ने जाजरकोट प्रवेश राकमको भेरी नदीमा पु्ल बन्यो । सल्यान र सुर्खेतको दम्बलाई तोड्दै बस्नेतले पु्ल बनाउने निर्देशन दिए । पुल बने सँगै जाजरकोट विकासको ढोका खुल्यो ।

यस्ता छन् बस्नेतले दश बर्ष सांसद बनेपछि जाजरकोटमा थालेका ठूला योजनाहरु
१) जाजरकोट अस्पतालको क्षमतावृद्धि गरी ५० शैयाँको अस्पताल बनाउन सफल, अस्पताल भवन अन्तिम चरणमा, विशेषज्ञ डाक्टर ल्याउने तयारी
२) भेरी ज्ञानोदय क्याम्पसलाई आंगिक क्याम्पसमा रुपान्तरण, जाजरकोटमै डिग्री पढ्न पाउने व्यवस्था
३) ४१७ मेगावटको नलगाड हाइड्रोपावरको काम थालनी, मुआब्जा वितरण सकियो, निर्वाचित भएपछि निर्माणको काम थालनी गर्ने
४) प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल शिल्यानास, गाउँगाउँमा विशेषज्ञ डाक्टरहरुको व्यवस्था
५) जाजरकोटका टोलटोलमा खानेपानीका धारा, घरघरमा पु¥याउने लक्ष्य
६) जाजरकोटमा चार वटा जोन सञ्चालन, अन्य पहाडी जिल्लामा कतै चार वटा जोन नभएको ।
७) दशेरा र दल्ली क्याम्पस सञ्चालन, गाउँमै विएड सञ्चालन
८) भेरीकरिडोरको थालनीकर्ता, डोल्पा र ज्म्लाको केन्द बनाउने योजना
९) जाजरकोट छिन्चु सडक खण्डमा १५ वटा पुल निर्माण
१०) छेडा जुनी सडक खण्डका लागि एक अर्व बजेट, चु्नावपछि कामको थालनी
११) जाजरकोटका विद्यालयमा कम्प्यूटर ल्यावको व्यवस्था, काफलचौरमा बहुप्राविधिक शिक्षालय सञ्चालन, रोजेर सस्तोमा पढ्दै जाजरकोटका विद्यार्थी
१२) मध्यपहाडी राजमार्गको निर्माण, सरर सुर्खेत जाँदै पश्चिमी जनता
१३) जडीबुडी प्रशोधन केन्द्र भवन निर्माण, कर्णालीकै पहिलो छिट्टै सञ्चालन आउँदै ।
१४) ज्म्ला– जाजरकोट जोड्ने सु्रुङ्गको निर्माणका लागि बजेट विनियोजन, रारा राजमार्गको अवधारणा, पाँच बर्षमा सात वटै पालिका प्ग्ने सडक कालोपत्रे गर्ने योजना,
१५) अन्य साना तथा ठूला गरी दश हजार भन्दा बढी आयोजनाहरु सञ्चालन
१६) ७५ वडा सडक सञ्जालमा जोडिए,सरर गाडीमा यात्रा गर्दे स्थानीहरु
१७) जिल्लाभरी २३ वटा टेलिकमका नयाँ टावर निर्माण, गाउँगाउँमा फोरजी सेवा,
१८) शिक्षकलाई ४ हजार दुर्गम भत्ताको व्यवस्था ।
१९) २ सय नयाँ विद्यालय भवन निर्माण
२०) विद्युतको केन्द्रीय प्रशारण लाईन गाउँमा जोडिदै ।
२१) कर्णालीकै एफएम सञ्चालन, ३० भन्दा बढी लद्य्ुजलविद्युत निर्माण
२२) खानेपानी तथा सिचाई अन्र्गतका पाँच हजार बढी आयोजनाहरु सञ्चालन
२३) पाँच सय घरधुरीमा जस्ताका पाता, स्थानीय खरका छाना मुक्त ।

तपाईको प्रतिक्रिया