
नबिन पिएम
सल्यान । प्रदेशसभा सदस्य पदका लागि सल्यान निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका निर्मल सिंहले नेकपा एमालेका उम्मेदवार गुलावजंग शाहलाई समर्थन गरेका छन् ।
नेकपा एमालेमै कटिबद्ध भएर लाग्ने र समग्र सल्यानको विकास तथा युवाहरुलाई अवसर प्रदान गर्न निरन्तर लागिपर्ने प्रतिबद्धता सहित उनले एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार शाहलाई समर्थन गरेका हुन् ।
शुक्रबार विहान श्रीनगरमा एमालेलाई समर्थन गर्ने उद्घोष गरेपछि एमालेका उम्मेदवार शाह र स्वतन्त्र उम्मेदवारी दिएका सिंहले संयुक्त विज्ञप्ती जारी गर्नुभएको थियो । विज्ञप्तीमा दुबैजनाले सल्यान दाङ सडकखण्ड स्तरोन्नतीका लागि प्रभावकारी कदम चाल्ने, शिक्षा, स्वास्थ्यको विकास संगै सल्यान अस्पताललाई प्रदेशकै सुविधा सम्पन्न अस्पताल बनाउन पहल गर्ने र युवाहरुलाई अवसर प्रदान गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
विज्ञप्ती सार्वजनिक गर्ने कार्यक्रममा प्रतिनिधीसभा सदस्यका लागि सल्यानबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर राय, एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेन, सचिव ओज बहादुर बुढाथोकी, उपसचिव, पुस्पा कुमारी वोहरा, जिल्ला कमिटी सदस्यहरु लगाएतको सहभागिता थियो । गुलावजंग शाहलाई समर्थन गरेका सिंह शुक्रबार देखि नै एमालेको चुनावी कार्यक्रममा लाग्नुहुने भएको छ ।

















































। १८ कार्तिक २०७९, शुक्रबार