बागेश्वरी माद्यामिक विद्यालयका २० जना विद्यार्थीलाई पूर्ण छात्रवृति

No description available.
छेडागाड । जिल्लाको छेडागाड नगरपालिका ९ पजारुका २० जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच बागेश्वरी माद्यामिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २० जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति सहयोग हस्तान्तरण गरिएको हो ।

जे.एड.डि. फाउन्डेसनका प्रतिनिधि भरत सिंह पेलाको आर्थिक सहयोग र शारदा शेर स्मृति उत्थान प्रतिष्ठानको समन्वयमा कक्षा ११ र १२ का २० जनालाई विद्यालय पोषाक,किताब,झोला,कलम र केही आर्थिक सहयोगका साथै ६–९ कक्षासम्मका ३० जना विद्यार्थीलाई झोला वितरण गरेको शेर शारदा प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।

उनका अनुसार जे.एड.डि. फाउन्डेसनको आर्थिक सहयोग र शारदा शेर स्मृति उत्थान प्रतिस्ठानको समन्वय यस अघि पनि विभिन्न सहयोगहरु हस्तान्तरण गरिएको छ । विद्यालयलाई आधुनिक प्राविधिसंग जोड्नका लागि कमल केसीको आर्थिक सहयोग र शारदा शेर स्मृति उत्थान प्रतिस्ठानको समन्वयमा डेस्टप कम्प्युटर १० सेट बागेश्वरी माद्यामिक विद्यालयलाई हस्तान्तरण गरेको अध्यक्ष अर्जुन अधिकारीले बताए ।

No description available.

उनले भने, ‘कम्प्युटरहरुको व्यवस्था गर्नका लागि प्रतिष्ठान मार्फत पहल भैरहेको छ ।’ छात्रवृत्रि पाउँदा विद्यार्थीहरु निकै खुशी भएका छन् ।

No description available.

तपाईको प्रतिक्रिया