जाजरकोटमा सरकारी कार्यालयको समिक्षा, कसको प्रगति कति ?

No description available.
खलंगा । जाजरकोटमा सरकारी कार्यालयहरुको बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा जिल्ला समन्वय सिमितिको सभा हलमा सम्पन्न भएको हो ।

बार्षिक समिक्षा बैठकमा जिल्लाका सात वटै पालिकाका प्रमुख तथा उप—प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा कार्याकारी पदाधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बार्षिक समिक्षा बैठकमा विभिन्न सरकारी कार्यालयहरुले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

जसअनुसार वित्तीय प्रगति विवरण तर्फ सबै भन्दा बढी कृषि विकास कार्यालय जाजरकोट (७३.७१ प्रतिशत),प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना जाजरकोट (७२.१४ प्रतिशत),स्वास्थ्य सेवा कार्यालय (६७.७२प्रतिशत) र डिभिजन वन कार्यालय (६०.९५ प्रतिशत) रहेको छ ।

यस्तै भौतिक प्रगति तर्फ सबै भन्दा बढी स्वास्थ्य सेवा कार्यालय (९५.७१ प्रतिशत),डिभिजन वन कार्यालय (८८.०५ प्रतिशत),प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (८६.१८ प्रतिशत),कृषि विकास कार्यालय (७३.५७ प्रतिशत) रहेको छ । सरकारी कार्यालयहरु संगै भेरी नगरपालिकाले पनि आफ्नो बार्षिक प्रगति विवरण प्रस्तुत गरिसकेको छ ।

सोही कार्यक्रमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले जिल्ला समन्वय समिति समक्ष ऐतिहाँसिक जाजरकोट दरबारलाई संग्राहलय बनाउने प्रस्ताव गरेको थिए । केही उक्त प्रस्ताव माथि बुधबार बस्ने जिल्ला समन्वय समितिको बैठकमा छलफल गरी निर्णय गर्ने जिल्ला समन्वय समितिले बताएको छ । सचिवालयका अनुसार भोली विहान ११ बजे देखि पुनः बार्षिक समिक्षा बैठक तथा समन्वय सभा सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया