
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा लाग्ने ऐतिहाँसिक रामीडाँडा मेला यस बर्ष पनि सञ्चालन हुने भएको छ । प्रत्येक बर्ष कोजाग्रत पुर्णिमाको अवसरमा लाग्ने मेला यस बर्ष पनि सञ्चालन हुने भएको हो । रामीडाँडा मेला बारेकोटको मात्रै होइन् सिंगो जाजरकोटको पहिचानका रुपमा लिने गरिएको छ । मेलामा खुल्ला पुरुष भलिवल, महिला भलिवल, व्याटमेन्टन र लोकदोहरी प्रतियोगिताको आयोजना गरिनेछ ।
बारेकोटका स्थानीय लोक झाँक्रीहरु मेलाका मुख्य आकर्षणका रुपमा रहेका छन् । पुरुष तर्फको खुल्ला भलिवलमा दर्ता शुल्क १० हजार १ सय रहेको छ भने प्रथम पुरुस्कार एक लाख एक हजार, दृतिय ५० हजार ५ सय र तृतिय पुरुस्कार २५ हजार २ सय ५० रहेको छ । महिला तर्फको खुल्ला भलिवल दर्ता शुल्क १ हजार, प्रथम पुरुस्कार ८ हजार, दृतिय पुरुस्कार ६ हजार र तृतिय पुरुस्कार ४ हजार रहेको छ ।
व्याटमिन्टन तर्फ दर्ता शुल्क २ हजार रहेको छ । प्रथम पुरुस्कार १५ हजार, दृतिय पुरुस्कार १० हजार र तृतिय पुरुस्कार सात हजार रहेको छ । यस्तै, लोकदोहरी तर्फ दर्ता शुल्क ७ सय रहेको छ । प्रथम पुरुस्कार ३ हजार, दृतिय पुरुस्कार १५ सय र तृतिय पुरुस्कार १ हजार रहेको मेला आयोजना समितिले जनाएको छ । बारेकोट गाउँपालिकामा उत्पादन हुने कृषि उत्पादन, फलफुल लगायत अन्य उत्पादनको स्टल समेत लाग्ने छ । मेलामा झन्डै १० हजार भन्दा बढी दर्शक आउने आंकलन गरिएको छ ।

















































। १० आश्विन २०७९, सोमबार