अबैध हतियार सहित एक जना पक्राउ


जाजरकाेट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । नलगाड नगरपालिका वडा नं ५ ऐरारी बस्ने इन्द्र बहादुर शाहीलाई पक्राउ गरेको हो ।

अबैध हातहतियार र विस्फोटक पदार्थ साथमा लिई हिडिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले निज शाहीलाई नलगाड नगरपालिका ५ सिर्के बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनको साथबाट No 2mm 9 Round, Made in U.S.A लेखिएको पेस्तोल र तयारी अवस्थामा रहेको प्लाष्टीक हेण्ड ग्रिनेड थान १ समेत बरामद गरिएको डिएसपी सन्तोष निरौंलाले बताए ।

तपाईको प्रतिक्रिया