
जाजरकोट । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लामा सन्चालन गरिएका छनोट खेलमा विभिन्न स्थान ल्याउने विद्यार्थीहरुलाइ जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयले सम्मान गरेको छ । मंगलवार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरेर ती खेलाडी विद्यार्थीहरुलाइ फुलमाला अविर सहित सम्मान गरिएको हो ।
विद्यालयले महिला तर्फ कालीकोटमा सम्पन्न भलिवल प्रतियोगितामा प्रथम हुने आशा मल्ल, कराँतेमा द्धितीय भएकी नारायणी महतारा, तृतीय भएका अर्जुन विक, दिक्षा वुढा र सुनीता घर्तीलाइ तीन सय वढी विद्यार्थी शिक्षक तथा अन्य व्यक्तिहरुको उपस्थितिमा माला टीका सहित सम्मान गरेको विद्यालयका सहायक प्रधानाध्यापक जनक केसीले वताए । खेल क्षेत्रमा लागेर उत्कृष्ट खेल प्रर्दशन गर्दै जिल्ला र विद्यालयको नाम उच्च राखेको भन्दै विद्यालयले सम्मान गरेको उनले वताए ।

केसीकै विशेष सक्रियता र समन्वयमा खेलाडी विद्यार्थीहरुलाइ सम्मान गर्ने कार्यक्रम भएको हो । कार्यक्रममा भलिवल प्रतियोगितामा प्रथम भएकी आशा मल्ल लगाएत अन्य खेलाडी विद्यार्थीहरुलाइ विद्यालयका प्रधानाध्यापक भक्तवहादुर मल्ल लगाएत अन्य शिक्षकहरुले फुल माला र रातो टीका लगाएर सम्मान गर्दा हलमा उपस्थित तीन सय वढी विद्यार्थीहरुले आसनवाट उठेर गडगडाहट ताली वजाएर सम्मान प्रकट गरेका थिए । कार्यक्रम अवधिभर वजाइएको हामी खेलाडी वोलको गीतमा सहभागि अन्य विद्यार्थी र शिक्षकहरुले ताली सहित हुटिंग गरेर ती खेलाडी विद्यार्थीहरुप्रति हौसला र प्रेरणा प्रदान गरेका थिए ।
सम्मानित भएका खेलाडीहरुले विद्यालयले आफुहरुलाइ सम्मान गरेर अझै अघि वढ्न हौसला दिएको प्रतिक्रिया दिए । खेल क्षेत्रमा सफलता हासील गरेका विद्यार्थीहरुका लागि विद्यालयले यस्तो कार्यक्रम आयोजना गरेर सकरात्मक कार्य गरेको सरोकारवालाहरुको भनाइ छ । यस्तै कार्यक्रमा वोल्दै प्रधानाध्यापक भक्तवहादुर मल्लले खेलक्षेत्रमा उत्कृष्ट योगदान दिने विद्यालयका विद्यार्थीहरुलाइ आफुहरुका तर्फवाट विशेष सम्मान र पुरस्कारको व्यवस्था गरिने वताए । उनले खेलाडीहरु समाज र देशका गहना भएकोले उनीहरुलाइ सवैले सम्मान र हौसला दिनु पर्ने वताए ।
आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्डलाइ मध्यनजर गरेर विद्यालयमा खेलकुदको विशेष तयारी गरिने समेत उनले वताए । विद्यालयले सम्मान गरेका विद्यार्थीहरुलाइ त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरुले जुलुस सहित थाप्लेचौरवाट ठाँटीवजार सम्म पुरयाएका थिए । सम्मान कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थीहरु नरेन्द्रजंग शाह, धीरेन्द्रजंग शाह, तुफान श्रेष्ठ, हरिहर विष्ट, गणेश विष्ट, कामना विष्ट, युनिस सिंह, निरोज वि.क. लगाएतका राष्ट्रिय खेलाडीहरुलाइ सम्झदै उनीहरु प्रति पनि सम्मानभाव व्यक्त गरिएको थियो ।
















































। ४ आश्विन २०७९, मंगलवार