भेरीमा ‘सुशासनमा नागरिक सहभागिता कार्यक्रम सम्पन्न’

खलंगा । जिल्लाको भेरी नगरपालिकामा सुशासनमा नागरिक सहभागिता कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगरप्रमुख चन्द्र प्रकाश घर्तीको अध्यक्षतामा नगरपालिकाको सभा हल भित्र कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती,उप–प्रमुख सिता जैसी सबै वडाका वडाध्यक्षहरु,महिला सदस्य,दलित महिला सदस्य तथा खुल्ला सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको जे.सि.एक्स.पोर्ट अनिता विशंखले जानकारी दिईन् ।

दलित महिला केन्द्र नेपालको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग र दलित विकास समाज,आई एम स्विडिल डेभलपमेन्ट पार्टनर, तेर दे जोम र सहकर्मी समाजसंगको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय तहमा सामाजिक समावेशीकरण लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी वजेट तर्जुमाका विषयमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको विशंखले बताईन् ।

कार्यक्रममा सहभागी भएका जनप्रतिनिधिहरुलाई लैङ्गिक उत्तरदायी बजेट परिभाषा, लैङ्गिक उत्तरदायी बजेटका मान्यता र विशेषताहरु,स्थानीय निकायको लागि लैङ्गिक उत्तरदायी बजेट मापजका प्रमुख सुचकहरु, कार्यक्रममा महिलाहरुको लागि लाभ तथा नियन्त्रणमा सुनिश्चितता, महिलाहरुको रोजगारी र आय आर्जन अभिवृद्धि, महिलाहरुको समयको प्रयोगमा गुणात्मक सुधार तथा कार्यबोझमा कमी लगायतका विषयमा प्रशिक्षण गरिएको कार्यक्रमकी प्रशिक्षक एलिजा तुलाधानले बताईन् । उनले भनिन् प्रशिक्षण गरे अनुरुप नै सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरि उहाँहरुलाई स्थानीय तहमा सामाजिक समावेशीकरण लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी लगायतका विषयहरुलाई जोडेर योजना निर्माण गरी कार्यक्रममा प्रस्तुत समेत गर्न लगायौं, हामीले आसा गरेका छौं आउँदा आर्थिक बर्षहरु हामीले प्रशिक्षण गरे अनुरुप नै उहाँहरुले समावेशीकरण वजेट निर्माण गर्नुहुने छ ।

स्थानीय तहमा सामाजिक समावेशीकरण लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी बजेट तर्जुमका विषयमा जानकारी लिन पाउँदा खुशी लागेको भेरी नगरपालिका ८ का वडाध्यक्ष विर बहादुर चन्दले बताए ।

कार्यक्रमले सहभागीहरुलाई स्थानीय तहमा सामाजिक समावेशीकरण लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी वजेट तर्जुमका विषयमा केही ज्ञान वटुल्ने अवसर दिएको भेरी नगरपालिकाकी उप—प्रमुख सिता जैसीले बताईन् । उनले भनिन् ‘सहभागीहरुले बुझ्ने गरि सरल,सभ्य र स्थानीय भाषमा प्रशिक्षण गर्नु भएकोमा प्रशिक्षक एलिजा तुलाधन र आयोजक टिमलाई हार्दिक भार व्यक्त गर्दछु ।’

उक्त सहभागीहरुले स्थानीय तहमा सामाजिक समावेशीकरण लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी बजेट तर्जुमका सम्पूर्ण विषयहरुमा थुप्रै कुराहरु सिकेको भेरी नगरपालिकाका नगर प्रमुख तथा चन्द्र प्रकाश घर्तीले बताए । उनले भने ‘यस्तो बर्षाको विचमा पनि यहाँ आएर जनप्रतिनिधिहरुलाई स्थानीय तहमा सामाजिक समावेशीकरण लैंङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी बजेट तर्जुमका विषयमा प्रशिक्षण गर्ने प्रशिक्षक एलिजा तुलाधन र कार्यक्रमकी जे.सि.एक्स पोर्ट अनिता विशंख दुवै जनालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु र सहभागी साथीहरुले आउँदा दिनहरु वर्तमान अवस्थामा सुधार गरेर अगाडी बढ्नु हुन् समेत यसै कार्यक्रमबाट अनुरोध गर्छु ।’

तपाईको प्रतिक्रिया