एकीकृत अखिल नेपाल शिक्षक संगठन बारेकोटको अध्यक्ष शाही

जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन बारेकोटको तेस्रो सम्मेलन सम्पन्न भएको छ । मंगलबार बारेकोट गाउँपालिका २ लिम्सामा उक्त सम्मेलन सम्पन्न भएको हो । संगठनको तेस्रो सम्मेलनबाट शिक्षक शहिद जनक बहादुर शाहीका छोरा राजेन्द्र विक्रम शाही अध्यक्षमा निर्विरोध चयन भएको संगठनका सचिव हरिबहादुर नेपालीले बताए ।

उनका अनुसार ‘अध्यक्षमा राजेन्द्र विक्रम शाही, बरिष्ठ उपाध्यक्षमा सन्दिप चन्द,महिला उपाध्यक्षमा सिता बुढा,उपाध्यक्षमा धर्माराज गिरी,सचिवमा हरिबहादुर नेपाली,अर्थ सचिवमा मिना घर्ती(रोकाय),अर्थ उप–सचिव लालबहादुर सिंह सहितको २१ सदस्यीय समिति गठन भएको छ ।’

उनले भने ‘सम्मेलनमा नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटीका अध्यक्ष हरिबहादुर थापा,जिल्ला समन्वय समितिका सह–संयोजक दल बहादुर सिंह, संगठनका प्रदेश अर्थ उपसचिव खड्क रावत,जिल्ला उपाध्यक्ष नरबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।’

संगठनले बारेकोटको शैक्षिक क्षेत्रलाई सुधार गर्न सघाउने र शैक्षिक क्षेत्रमा हुने गरेका गलत कार्यहरुको पर्दाफास गर्ने समेत नेपालीले बताए ।

तपाईको प्रतिक्रिया