राष्ट्रिय स्वतन्त्र पार्टी जाजरकोटको सभापतिमा कमलदीप पुन


जाजरकोट । जाजरकोटमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ समिति गठन गरिएको छ । आज (शुक्रवार) जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी कमलदीप पुन सभापति रहेको तीन सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

जसको उपसभापतिमा राजबहादुर शाही र सचिवमा निराज सिंह रहेका छन् ।
अहिलेलाई तीन सदस्यीय तदर्थ समिति गठन गरिएको स्वतन्त्र पार्टी कर्णाली प्रदेशका सभापति धिरजबहादुर ओलीले जानकारी दिए ।

No description available.

कर्णाली प्रदेशका सबै जिल्लामा समिति गठन गर्ने गरी जिल्ला दौडाहमा आफुहरु रहेको उनले बताए । आजसम्म कर्णाली तीन जिल्ला सुर्खेत, सल्यान र रुकुम पश्चिम, जाजरकोटमा पार्टीको तदर्थ समिति गठन गरेको उनको भनाई छ ।
सभापति बनेका पुन यस भन्दा पहिले नेपाली काँग्रेसको कर्णाली कमिटी सदस्य समेत थिए ।

यस्तै उपस्थित सदस्यहरुमा महेन्द्र बुढा, दीपक खड्का, शिवराज अधिकारी, भविन्द्र सिंह, प्रकाश नेपाली, गोपाल नेपाली, कालीबहादुर नेपाली, रामबहादुर बोहरा रहेका रहेका छन् ।

तपाईको प्रतिक्रिया