जाजरकोट अस्पतालले पायो विकास समिति अध्यक्ष

No description available.
जााजरकोट । ५० शैयाको जाजरकोट जिल्ला अस्पतालले डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्ष पाएको छ । जिल्ला अस्पतालमा विकास समिति अध्यक्ष करिब दुई वर्षदेखि खाली रहँदा अस्पतालका आर्थिक, प्रशासनिक, भौतिकलगायत कामकाजमा समस्या भएको थियो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको मिति ०७९ भाद्र ०१ को निर्णयअनुसार छेडागाड नगरपालिका निवासी डम्बर बहादुर सिंह ठकुरीलाई जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो ।

अस्पताल विकास समिति जाजरकोटको अध्यक्षमा मनोनयन भएका ठकुरीले शुक्रबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले आफ्नो चारवर्षे कार्यकालमा अस्पतालको सेवालाई सुधार गर्न प्रयास गर्ने बताए ।

रिक्त पदमा विशेषज्ञ डाक्टर ल्याउन पहल गर्ने, खाली दरबन्दी पूर्ति गर्न ध्यान केन्द्रित गर्ने उनले बताए । खानेपानी सेवा, स्तरीय शौचालय लगायत अस्पतालका भौतिक तथा प्रशासनिक काम चुस्त बनाउन नियमित लाग्ने उनले बताए । यस्तै, सदस्यहरुमा मन्त्रालय तोकेका आनन्द्र कार्की, निर्मला सिंहले पदभार ग्रहण गरेका छन् ।

कार्यालय प्रमुख सहित अन्य अस्पतालका कर्मचारीले अस्पताल विकास समितिका पदाधिकारीहरुलाई फुलमाला सहित स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया