
जाजरकोट । नेपाल शिक्षक महासंघ नलगाड नगर समितिको आयोजनामा नलगाड नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्यापनरक्त पेसागत संघसंगठनका शिक्षकहरुको भेला आज नलगाड नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
नवगठित नेपाल शिक्षक महासंघ नलगाड नगरकार्य समितिको अध्यक्षमा त्रिभुवन मावी दल्लीका शिक्षक जय बहादुर खड्का चयन हुनुभएको छ । समितिको सहअध्यक्षमा हाँसिलाल पन्त, उपाध्यक्षमा गगन बहादुर थापा, सचिबमा भवानी प्रसाद शर्मा, महिला सहसचिवमा हजारी परियार संस्थागत सहसचिबहरुमा खडक बहादुर घर्ती, अर्थ सहसचिवमा चन्द्र बहादुर रावल, सदस्यहरुमा गोपाल बहादुर ध्यार,प्रेमा केसि , दिनेश बिक, डिल्ली बहादुर शाही,लोकेन्द्र बहादुर शाही ,बखत केसि,पुस्पा बुढा,धन बहादुर वली रहनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ जाजरकोटका जिल्ला कार्यसमिति सदस्य बालकृष्ण गौतमले शिक्षकहरुले विधार्थीको भबिष्य निर्माताको रुपमा स्थापित हुँदै आएकोमा सह्रना ब्यक्त गर्नुभयो ।
४ जना सदस्य पछि समायोजन गर्ने गरी रिक्त राखिएको नव गठित महासंघका अध्यक्ष जय बहादुर खड्काले जानकारी गराउनु भयो । अध्यक्षमा चयन भएपछि खड्काले बिचारमा फरक मत राख्ने भएपनि पेशागत हिसाबले सबै संघसंगठनका हामी एक हौं भन्दै एकै मञ्चबाट संघर्ष गर्नुको बिकल्प नरहेको बताउनु भएको छ ।
कर्यक्रममा प’र्व अध्यक्ष दिनेश कुमार वली ले आर्थिक प्रतिवेदन पेश गर्नुको साथै आफ्नो कार्यकालको अनुभव आदान प्रदान गर्नु भएको थियो ।
















































। १७ भाद्र २०७९, शुक्रबार