
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्वका विषयमा जानकारी दिइएको थियो ।

राष्ट्रिय खोप तालिका अनुसार नगरका १३ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको नलगाड नगरपालिकाले जनाएको छ । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको छ ।

















































। १० भाद्र २०७९, शुक्रबार