कुटपिट गरि फरार रहेका व्यक्तिहरु पक्राउ

जाजरकोट । कुटपिट गरी फरार रहेका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । यही श्रावण २९ गते राती भेरी नगरपालिका २ स्थित नरेश रोकायलाई कुटपिट गरी फरार भएका सोही ठाउँका प्रसाने पुन,विर बहादुर खत्री र डिल बहादुर खड्कालार्ई प्रहरीले प्रक्राउ गरेको हो ।

कुटपिट गरी फरार भएको सुचना अनुसार खोजतलास गर्दै जाँदा बाटोमा भाग्दै गरेको अवस्थामा फेला पारी रितपुर्वक पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई आवश्यक कारवाहीको लागि मिति भदौं १ गते सम्मानित जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग कसुरमा पाँच दिनको म्याद थप लिई अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया