कुशेमा अज्ञात रोगले धमाधम मर्न थाले गाइगोरु

Files Photo

जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा अज्ञात रोगले धमाधम गाईगोरु मर्न थालेका छन् । गाउँपालिकाको वडा नं १, २,३,४ र ६ का किसानले पालेका गाईगोरु धमाधम मर्न थालेका हुन् ।

गाउँपालिका अन्तर्गतको पुशपंक्षी शाखाका प्रमुख तुलबहादुर डाँगीका अनुसार वडा नं ६ मा २ वटा, ४ मा २ वटा ३ मा २ र एक मा एउटा गरी हाल सम्म जम्मा ७ वटा गाईगोरुको मृत्यु भईसकेको छ ।

बेलुका जंगलबाट गोठामा आएका गाईगोरु मृत अवस्थामा भेटिने, पछाडिएको खुट्टा सुनिएको, कराउने लगायतका लक्षण देखिएको र धमाधम मर्न थालेको डाँगीले बताए ।

उनले भने, ‘खास के भएको हो भन्न खुल्न सकेको छैन्, जनशक्ति अभावले सबै ठाउँमा पुग्न पनि सकिएको छैन्, पुगेको ठाउँका गाईवस्तुलाई एन्टिवाइटिक औषधी खुुवाईरहेका छौं, खुवाईरहेको ठाउँमा सुधार भईरहेको छ ।’

तर परिक्षणका लागि जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय र प्रदेश निर्देशनालयमा फोन मार्फत जानकारी गराईएको र आजै लिखित चिठी मार्फत जानकारी गराउन पहल भईरहेको प्रमुख डाँगीले हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।

धमाधम गाईगोरु मर्न थालेपछि किसान निकै चिन्तित भएका छन् । यता पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख तिलक रानाले पहल भईरहेको बताए ।

तपाईको प्रतिक्रिया