तोलाको ५ सय घट्यो नेपाली बजारमा सुन

काठमाडौं : साताको चौथो कारोबार दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनससार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजा ७०० रुपैयाँ कायम भएको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया