अवैध गाँजाका बोटहरु नष्ट

जाजरकोट । प्रहरीले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । जिल्लाको छेडागाड नगरपालिका २ स्थित मझेरीमा अन्दाजी १ रोपनी जग्गामा रहेको गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट सुयाडाबा खटिएको प्रहरी टोलीले प्राकृतिक रुपमा उमिग्रएका बोटहरु स्थानीय जनप्रतिनिधी सहित सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया