
खलंगा । अन्तराष्ट्रिय युवाल दिवसको अवसरमा भेरी नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । भेरी नगरपालिकाको आयोजक र जिल्ला युवा समिति जाजरकोटको सह आयोजकमा नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
हाम्रो सपना : हाम्रो जाजरकोट विषयक वक्तृत्वकला प्रतियोगितामा टबिन कार्की प्रथम भएको पत्रकार प्रेम विश्वकर्माले बताएका छन् । उनका उनुसार विनु विक द्धितीय, विपना सिंह तृतीय, प्रविन खड्का रर नवीन गिरीले सान्त्वना स्थान हाँसिल गरेका थिए । कार्यक्रममा भेरी नगरपालिका नगर प्रमुख चन्द्रप्रकाश घर्ति लगायतका अन्य बरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
















































। २७ श्रावण २०७९, शुक्रबार