बारेकोट : पहिरोले एक घर पुर्ण क्षति,चार घर उच्च जोखिममा

No description available.
जाजरकोट । बारेकोट गाउँपालिका–३ पहाडा मुुल्साममा बाढी पहिरोको कारण एक घर पूर्णरुपमा क्षती भएको छ भने चारवटा घर पहिरोका उच्च जोखिममा रहेका छन् । असार २१ गते पहाडा मुल्सामको डाँडागोठ देखी करिब ६ सय मिटर द्ुरीबाट आएको पहिरोले ठाडाचौरका चार उच्च जोखिममा रहेका हुन् ।

उक्त पहिराले जय बहादुर सिंह, निमबहादुर सिंह,चन्द्रबहादुर सिंह, रामबहादुर सिंहको करिब १२ रापनी जग्गामा रहेको मकै वाली पूर्ण रुपमा क्षेती पुर्याएको बारेकोट गाउँपालिका ३ का वडाध्यक्ष रामबहादुर सिंहले जनकारी दिए । उनका अनुसार पहिरो पीडित परिवार सोही वडाको गाग्राखोलामा तिर्पाल मुना वसेका छन् ।

उनले भने, ‘तत्कालका पहिरो पिडित परिवारलाई तिर्पालको व्यवस्था गर्दै छु, खाद्ययन्न लयातका अन्य सामाग्रीहरु भदौ २ गते भित्रै वितरण उपलब्ध गराउनका लागि पहल गरिरहेको छु ।’ प्रहरी वडा सदस्य लगात आफु स्वयम गएर पहिरो पिडितहरुको अवस्थाको मुल्याकंन गरेको र तत्काल राहातको लागि पहल गरिहरेको वडाध्यक्ष सिहले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया