
जाजरकोट । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा जाजरकोटका एक सय ३६ उजुरी परेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका अनियमितता सम्बन्धी १ सय ३६ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयमा अनियमितता सम्बन्धीका उजुरीको चाङ लाग्न थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लाबाट गत आर्थिक वर्ष २०७८÷७९ मा ६३ दशमलव ४८ प्रतिशतले उजुरी बढेको हो ।
अनियमितताका उजुरीसम्बन्धी तथ्यांकमा १ हजार ४ सय ३२ उजुरी परेका छन् । ति मध्य हाल सम्म ९ सय ९ उजुरी फच्र्यौट भएका छन् । गत वर्ष र चालु आर्थिक वर्षको एक महिनाको गरी ५ सय २३ उजुरी फच्र्यौट भएको कार्यालय प्रमुख भोला दाहालले बताए ।
अख्तियारको सुर्खेत कार्याललयले कर्णाली प्रदेशका १० जिल्ला सहित लुम्बिनि प्रदेशको पूर्वी रुकुम जिल्ला हेर्ने गरेको छ । अख्तियारमा परेका उजुरीमध्य सबैभन्दा धेरै सुर्खेतबाट २ सय ९३ र सबैभन्दा कम पूर्वी रुकुममा ५ वटा रहेका छन् ।
यस्तै, दैलेखकका २ सय ४०, मुगुका १ सय ५०, कालिकोटका१ सय ४५, हुम्लाक १ सय ४३, र जुम्लाका ९६ वटा उजुरी परेको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।
यस्तै, सल्यानका ९४, रुकुम पश्चिमका ७५, डोल्पामा ५५ वटा उजुरी परेको उनले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै ९४ वटा उजुरी परेका छन् ।
अख्तियार सुर्खेत कार्यालयमा स्थानीय र प्रदेश सरकारले स्थानीय आवश्यकतामा भन्दा केही सीमित व्यक्तिको रुचीमा योजना र अनुदान वितरण गरेको लगायतका उजुरी धेरै आउने गरेका छन् ।
अन्य जिल्लाको तुलनामा साविक कर्णालीका ५ जिल्लाहरुमा अनियमितताका उजुरी बढेको भन्दै ति जिल्लाहरुमा अख्तियारले संक्रियता बढाएको दाहालले बताए । भ्रष्टाचार नियन्त्रणमा अख्तियारको मात्रै नभइ सबै पक्षको भूमिका महत्वपूर्ण रहेको भन्दै सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
















































। २४ श्रावण २०७९, मंगलवार