पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्रीलाई ध्यानाकर्षण

No description available.

सुर्खेत।  तोकिएको समयभित्र पाठ्यपुस्तक नपाएको भन्दै कर्णाली प्रदेशका पुस्तक तथा स्टेशनरी व्यावसायीहरुले जनक शिक्षा सामग्री केन्द्रको ध्यानाकर्षण गराएका छन् । बिहिवार नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ कर्णाली प्रदेश समितिले जनक शिक्षा सामग्रीको कर्णाली प्रदेश कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

प्रदेशका १० जिल्लामा कक्षा ४ देखि १० सम्मका सबै पाठ्यपुस्तक र ११, १२ कक्षाका नेपाली, सामाजिक, अंग्रेजी विषय उपलब्ध गराउने जिम्मा प्रदेश कार्यालयका भएपनि कार्यालय जिम्मेवार नबनेको भन्दै व्यवसायीहरुले ध्यानाकर्षण गराएका हुन्।

शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि जनक शिक्षा सामग्रीले कर्णालीमा ३५ प्रतिशत पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको महासंघले जनाएको छ।

जनक शिक्षा सामग्रीको कर्णाली प्रदेश कार्यालयले पूर्वाग्रही रुपमा पाठ्यपुस्तक वितरण गरेको आरोप पनि महासंघले लगाएको छ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया