अजरबैजान र अर्मेनियाबीच फेरि युद्ध सुरु, तीन जनाको मृत्यु


अजरबैजान र अर्मेनियाबीच फेरि युद्ध सुरु भएको छ । बीबीसीले लेखे अनुसार युद्धमा परि हालसम्म ३ जनाको मृत्यु भएको छ । पछिल्लो जानकारी अनुसार अजरबैजानको नागोर्नो काराबाख क्षेत्रमा युद्ध चलिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा यसलाई अजरबैजानको भागको रुपमा चिनिन्छ ।

तर, पछिल्लो ३ दशकमा यहाँ अजरबैजानका नागरिकको बसोबास बढेको छ । अजरबैजानले अवैध अर्मेनियाली नागरिकले अजरबैजानको सैन्य स्थलमा आक्रमण गर्नका लागि पठाएको आरोप लगाएको छ । अजरबैजानले अर्मेनियामाथि रूसको तर्फबाट सन् २०२० मा युद्ध अन्त्य गर्नका लागि सङ्घर्षविराम उल्लङ्घन गरेको आरोप पनि लगाएको छ ।

तपाईको प्रतिक्रिया