ताइवानको टापुमा चीनको सैन्य अभ्यास,जापान सरकारको चिन्ता


चीनले ताइवान टापु वरपर सघन सैन्य अभ्यास थालेपछि जापान सरकारले चिन्ता व्यक्त गरेको छ । जापानका चीफ क्याबिनेट सेक्रेटरी हिरोकाजु माचुनोले ताइवान विवादको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्नुभएको छ ।

चीनको सैन्य अभ्यास जापानको आर्थिक क्षेत्रमा समेत भइरहेकाले जापान चिन्तित बनेको हो । ताइवान जलसन्धिको शान्ति र स्थिरता जापानको सुरक्षाका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायको स्थिरताका लागि पनि महत्वपूर्ण रहेको भन्दै माचुनोले ताइवान समस्या वार्तामार्फत शान्तिपूर्ण तरिकाले समाधान गर्न अपील पनि गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया