कुुशेमा प्रहरीद्धारा अवैध मदिरा नष्ट

खलंगा । जिल्लाको कुशे गाउँपालिकामा अवैध मदिरा नष्ट गरिएको छ ।

वडा ६ मा स्थित अवैध घरेलु मदिरा विक्रि वितरण भईरहेको छ भन्ने गोप्य सूूचनाका आधारमा प्रहरी चौकी थर्मु भार्माबाट खटिएको टोली उक्त स्थानमा गई खोजतलास गर्दा मदिरा बनाउने अन्धाजी पाँच सय लिटर कच्चा पदार्थ बरामद स्थानिय जनप्रतिनिधि,समाजसेवी लगायतको उपस्थितीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया