दुई पक्षवीच सहमति हुन नसेकेपछि सल्यानको एक विद्यालयमा शिक्षकको परीक्षा स्थगित


नविन पि.एम
सल्यान । सल्यानको बनगाड कुपिन्डे नगरपालिका ७ सिम्तिगैरा स्थिति बाल कल्याण प्राथमिक विद्यालयमा रिक्त रहेको राहत शिक्षकमा अन्तिममा प्र.अ.र नगर शिक्षा शाखा प्रमुख वीच सहमति हुन नसक्दा शुक्रवार भएको परिक्षा अन्ततः रोकिएको छ । आफुले राख्न चाहेको परिक्षार्थीको नाम ननिकालेपछि वि.व्य.स अध्यक्ष, र प्र.अ. सहित विषय विज्ञहरु परीक्षा स्थलबाट भागेको नगर शिक्षा शाखा प्रमुख धुर्वा कुमारी थापाले आरोप लगाएकी छिन् ।

उता प.अ. बोधिराम रावतले भने विज्ञापन गरिएकोमा १३ जनाले फाराम भरेका मध्य परीक्षामा भने १२ जना मात्र सहभागीता भए । हामीले शान्तिपुर्न धादली रहित निष्पक्ष्य परीक्षा गराउन खोजेका थियौ तर त्येसो हुन सकेन नगर शिक्षा शाखा प्रमुक धुर्बा थापा लगायतले हस्तक्षेपकारी भुमिका खेल्नु भयो । अनि त्यसमाथी विषय विज्ञ भन्दा पनि अन्य बाह्य तत्वहरु प्रवेश गरेर स्थिति तनावग्रस्त हुन पुग्यो, त्यसपछि असुरक्षाको अनुभूति गर्दै परिक्षा स्थल बाट आफुहरु बाहिरिएको प्र.अ.रावतले बताए ।

वि व्य. स.की अध्यक्ष देवि सार्कीले भने आफु गाउँघरमा बस्ने सोझो सिधा धेरै लेखपढ नगरेकोले यसबारे मलाई खासै थाहा नभएको बताइन् । उता वडाध्यक्ष जीवन सिंह ठकुरीले भने हामिले शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेको हुनले बालबालिकाहरुको भबिस्य जोडिएको शिक्षा जस्तो संबेदनशील क्षेत्रमा आफ्ने वडामा यसो हुनु दुःखद भएको र उक्त बिषमा सम्बन्धित विज्ञहरु संग छ्लफल गरि एउटा निष्कर्षमा पुग्ने बताए ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया