
हुम्ला । शैक्षिक सत्र सुरु भएको दुई महिना बित्यो । तर, दुर्गम हिमाली जिल्ला हुम्लाका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन् ।जिल्ला बाहिरबाट आउनुपर्ने नयाँ पाठ्यपुस्तक अहिलेसम्म पनि नपुगेपछि अधिकांश विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबिनै विद्यालय जाने गरेका छन् ।
हुम्ला जिल्ला सदरमुकाम सिमकोटको मानसरोवर माध्यमिक विद्यायको कक्षा ६ मा अध्ययनरत विकास जेठारा र बालमन्दीर माध्यमिक विद्यालयकक्षा ५ का शैलेन्द्र महत कितावबिना पठनपाठनमा सहभागी हुँदा अप्ठ्यारो भएको बताउनुहुन्छ । विकास र शैलेन्द्र मात्रै होइन, पाठ्यपुस्तकबिनै जिल्लाका विद्यालयहरूले प्रथम त्रैमासिक परिक्षा चलाइरहेका छन् । पाठ्यपुस्तक ढुवानीका लागि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमा गुहार गर्दापनि विद्यालयले पाइसकेका छैनन् । पाठ्यपुस्तक ढुवानी गर्ने जिम्मा लिएका व्यवसायी, प्रतिनिधिले ढिला हुनुको कारण हवाई जहाज नचल्नु हो भन्दै पटकपटक टार्दै आएकाछन् ।
२ वर्षभन्दा धेरै समयसम्मको कोरोना कहरले बन्द भएका हुम्लाका विद्यालयले गएको शैक्षिक शत्र तीन महिना पढेर अन्तिम परिक्षामा विद्यार्थी सहभागी हुनु प¥यो । चालु शैक्षिक शत्रका असार १ गतेदेखि भौतिक रुपमै विद्यालय सञ्चालनमा आए पनि तीन महिनासम्म पनि पाठ्यपुस्तक पुगेको छैन ।
















































। १४ श्रावण २०७९, शनिबार