
जाजरकोट । प्रहरीले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । जिल्लाको कुशे गाउँपालिका ५ गाईखोर स्थित अन्दाजी ३ रोपनी जग्गामा रहेको गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरी चौकी पाँचकाटियाबाट खटिएको प्रहरी टोलीले प्राकृतिक रुपमा उमिग्रएका बोटहरु स्थानीय जनप्रतिनिधी सहित सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरेको हो ।
















































। १३ श्रावण २०७९, शुक्रबार