वडाध्यक्ष माथि भएको आक्रमणको अनेरास्ववियुद्धारा भत्सर्ना, दाेषीलाइ कारवाहीको माग

बारेकोट । बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि भएको आक्रमणको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु जाजरकोटले घोर भत्सर्ना गरेको छ ।

संगठनका जिल्ला कमिटी अध्यक्ष विवश भारतीले सामाजिक सञ्जाल फेसवुकमा लेख्दै वडाध्यक्ष डम्बरबहादुर महतारा माथि ज्यान मार्ने उद्धेश्यले भएको सांघातिक हमलाको घोर भत्सर्ना गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता कार्यकर्ता जहिले पनि हिंसालाई रोज्ने हो, यदि हजुरहरु हिंसा नै रोज्ने मन भए आउनुहोस् नेकपा एमालेका जनसंगठन सँग ?’ दोषीलाई कारवाहीको माग गर्दै वडाध्यक्ष महताराको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन् । यस्ता हर्कतका विरुद्ध अनेरास्ववियु जस्तो सुकै आन्दोलनको सामना गर्न तयार रहेको समेत अध्यक्ष भारतीले चेतावनी दिए ।
यो पनि पढ्नुहोस्

बारेकोटमा वडाध्यक्ष माथि निर्घात कुटपिट, खुकरी प्रहार

तपाईको प्रतिक्रिया