
जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटले एक बर्षमा ६६ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा कार्यालयले ६६ लाख ९८ हजार ४६७ रूपैयाँ राजस्व संकलन गरेको हो ।
जसमध्ये खोटो संकलन बाट १३ लाख ४८ हजार १ सय ५६ रुपैयाँ, वन क्षेत्रको रोयल्टी जडीवुटी बाट ४० लाख ५ हजार १ सय रुपैयाँ, सामुदायिक वनको काठ बाट ७ लाख ४६ हजार ८ सय ९० रुपैयाँ, धरौटी सदर स्याहा ४ लाख ३८ हजार ३ सय ३१ रुपैयाँ, न्यायिक दण्ड जरिवाना बाट १ लाख १९ हजार ७५रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क ३३ हजार ३ सय रुपैयाँ र बेरुजु बाट ७ हजार ५ सय ५५ रुपैयाँ राजस्व संकलन गरिएकाे डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख बसन्त वावु श्रेष्ठले जानकारी दिए ।
(हामी डिभिजन वन कार्यालय जाजरकोटको बार्षिक कार्यसम्पादनका समाचार नियमित प्रकाशन गर्नेछौं : सम्पादक)
















































। ९ श्रावण २०७९, सोमबार