नेपालमा कोरनाको चौथो लहर, एकैदिन दुई जनाको मृत्यु, तीन हजार बढी संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३४७ जनामा कोभिड१९ पुष्टि भएको छ । २३६० जनाको पीसीआर र १५२८ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा ३०३ र ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कुल ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गरिएको थियो । यसअवधिमा ९५ जनामा संक्रमणमुक्त भएका छन् ।

यसअवधिमा थप २ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ रहेको छ ।

पछिल्ला दिनहरुमा कोभिड१९को महामारीले फेरि चर्काे रुप लिन थालेको छ । विज्ञहरुले नेपालमा कोरानाको चौथो लहर आइसकेको बताउँदै आएका छन् । तर सचेतना भने अपनाएको पाइँदैन ।

तपाईको प्रतिक्रिया