
चन्द्रबहादुर विश्वकर्मा
जाजरकोट । पहाडी क्षेत्र विकास अभियान, जाजरकोटद्धारा सबै स्थानीय तहहरुमा स्थानीय उपजमा आधारित विद्यालयमा दिवा खाजा कार्यक्रम, विश्व खाद्य सुरक्षा कार्यक्रम र मर्सिकोरको आर्थिक सहयोगमा संचालन भैरहेको छ ।
विगतमा यस कार्यक्रमलाई वस्तुगत आधारमा यस जिल्लामा नेपाल सरकारबाट खाद्यान्न उपलब्ध हुने गरेको थियो भने दिवा खाजा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्नका लागि सम्पुर्ण जाजरकोटको ७ वटै स्थानीय तहहरुमा कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्यः
स्थानीय तहमा उपलब्ध हुने रैथाने बालिहरुलाई प्रवद्र्धन गर्न कृर्षकहरुलाई ज्ञान तथा सिप विकास गराउने ।
स्थानीयस्तरमा उत्पादन गर्न सकिने रैथाने बालिहरुको जगेर्ना गर्ने ।
कृर्षकहरुको उत्पादनहरुलाई स्थानीयस्तरमा खपत, आम्दानी वृद्धि गराउने ।
बालबालिकाहरुलाई सफा, ताजा र स्वस्थ पोषणयुक्त दिवा खाजा उपलब्ध गराई बालबालिकाहरुलाई नियमित र स्वास्थ्यमा सुधार गराउने ।
नेपाल सरकारले अब चालु आ.व मा जाजरकोट जिल्लामा दिवा खाजाको रुपमा प्रापत हुने वस्तुगत सहयोगलाई रोक्ने छ भने यस बदलामा एक जना विद्यार्थी बराबर रु १५ का दरले जम्मा १८० दिनको रकम स्थानीय तह मार्फत विद्यालयमा जाने भएको छ ।
यसरी सहकारी, विद्यालय र कृर्षकहरुको सुमधर सम्बन्ध कायम गरि मौसम अनुसार कृषि बालीहरु उत्पादनलाई प्रवद्र्धन र वढवा स्थानीयस्तरमा आएको रकमलाई सम्बन्धित पालिकामा परिचालन गरि कृषृकहरुका पेशालाई प्रविधिकरण गरि आम्दनीको श्रोतलाई वृद्धि गर्दै, बालबालिकाहरुलाई विद्यालयमा नियमित गराई सिकाइ उपलब्धी वृद्धि गरि बालबालिकाहरुको स्वास्थ्यमा सुधार भै दिवा खाजा कार्यक्रमलाई एउटा व्यवस्थित पद्धतीमा स्थापना गर्नु रहेको छ ।
यसरी यस जाजरकोट जिल्लामा बाल विकासदेखि कक्षा ६ सम्मका ५००० बालबालिकाहरुका लागि आउने झण्डै वार्षिक रकम १३.५करोड लाई स्थानीयस्तरमा परिचालन गराउनु रहेको छ ।
















































। ८ श्रावण २०७९, आईतवार