वन कार्यालयद्धारा उत्कृष्ट ६ कर्मचारी सम्मानित

May be an image of 8 people and people standing
जाजरकोट । डिभिजन वन कार्यालय, जाजरकोटले ६ जना उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरेको छ । कार्यालयबाट सम्मानित हुने ६ जना कर्मचारी आर्थिक बर्ष २०७८÷०७९ को कार्यसम्पादन मुल्याङ्कणमा उत्कृष्ट कर्मचारीमा छनौट भएका हुन् ।

डिभिजन वन कार्यालयद्धारा बुधबार सम्पन्न गरिएको बार्षिक प्रगति समिक्षा बैठकमा ६ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको कार्यालय प्रमुख बसन्तबाबु श्रेष्ठले जानकारी दिएका छन् । कार्यालय प्रमुख श्रेष्ठले दिएको जानकारी अनुसार सम्मानित हुने कर्मचारिहरुमा रेञ्जर पूर्ण बहादुर चन्द, फरेष्टर देव बुढा, वन रक्षक भिमजंग केसी, पूर्ण बहादुर शाही, दीर्घ बहादुर डाँगी र चौकीदार लाल बहादुर खड्का रहेका छन् ।

कदर–पत्र प्रदान गर्नुको साथै टीका लगाएर सम्मान गरिएका कर्मचारीहरुले आर्थिक बर्ष २०७८÷०७९ मा वन क्षेत्रको दिगो व्यवस्थापन, जडिबुटी खेती बिस्तार तथा प्रबर्द्धन र पर्या–पर्यटन पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकोमा उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताएका छन् । यस बर्ष सम्मानित भएका कर्मचारीहरुबाट आगामी बर्षहरुमा पनि दिगो वन–समृद्ध जीवन अभियानमा महत्वपूर्ण योगदान रहने कार्यालयले अपेक्षा राखेको छ ।

डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयहरुबाट आर्थिक बर्ष २०७८÷०७९ मा कार्यसम्पादन गरिएका कृयाकलापहरुको बार्षिक प्रगति समिक्षा बैठक सम्पन्न गरिएको थियो । आन्तरिक बार्षिक प्रगति समिक्षा बैठकमा उत्कृष्ट उक्त कर्मचारीहरुलाई कार्यालयले सम्मान गरेको थियो । समिक्षा बैठकको निष्कर्षलाई भने, कार्यालयले सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया