नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक दाशानायकेद्वारा राजीनामा घोषणा

1140x725
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

आज पत्रकार सम्मेलन गरी उहाँले पद छोडेको घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा एक साताअघि नै इमेलमार्फत क्यानलाई राजीनामा बुझाएको जानकारी गराउनुभयो ।

पुबुदुले सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको पहिलो पटक नेतृत्व सम्हाल्नु भएको थियो । दोस्रो कार्यकालका लागि गत मङसिरमा दुई वर्षे सम्झौता गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया