रेशम सापकोटाको यसबर्षको पहिलो तीज गीत “सासु बुहारीको रमिता” सार्वजनिक (भिडियो सहित)

No description available.

दिल बिक्रम शाही
जाजरकोट ०३ श्रावण । पछिल्लो नेपाली सांगीतिक बजार संगीतमय वन्दै गएका छन् भने नेपाली लोक गीत संगितलाई दर्शक श्रोताले चौतर्फी रुचाई रहेका छन् । लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् भने कति गर्ने समयमा छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने क्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तीज आऊन करिव डेढ महिना बाँकि छ, तर बजारमा तीजको रौनक सुरु भईसकेको छ ।

बजारमा तीज लक्षित गीतहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक तथा सर्जक रेशम सापकोटाको यस बर्षको पहिलो तिज गित ’सासू बुहारीको रमिता’ भखर्रै सार्वजनिक भएको छ ।

गीतमा रेशम सापकोटा,राधिका हमाल र पुर्णकाला बि.सी ले आवाजमा दिएका छन् । गीतको शब्द लय सिर्जना रेशम सापकोटाले नै गरेका हुन् । अडियो गीत मारुनी रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ ।

उक्त गीतको म्युजिक एरेन्ज कृष्ण के.सीले गरेका छन् भने,रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका हुन ्। मिक्सिङ्ग कुमार रानाले गरेका छन्।

गीतको भिडियो निर्देशन रेशम सापकोटाले गरेका छन् । छायांकन सरोज शाहीले गरेका हुन भने,रोशन धितालले उक्तक भिडियो सम्पादन गरेका हुन् । रेशम सापकोटा,सबिता गुरुङ,नन्दा बस्याल र पबित्रा रिजालको अभिनयमा रहेको छ ।उक्त भिडियोलाई रेशम सापकोटाले आफ्नै अफिसियल युट्युब च्यानल  tareli sangeet kunj बाट सार्वजनिक गरेका छन् ।

भिडियो हेर्न लिंक क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया