नेकपा माओवादी केन्द्र जाजरकोटको कार्यालय भवन उद्धघाटन

No description available.
जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र जाजरकोटको कार्यालय भवन उद्धघाटन गरिएको छ । मंगलबार पार्टीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुुर मल्लले भवनको उद्धघाटन गरेका हुन् । पार्टीको भवन उद्धघाटन पछि साह्रै खुशी भएको ईन्चार्ज मल्लले बताए ।
उनले भने, ‘पार्टीको भवन नबनेसम्म हामीलाई हिन्तावोध हुन्थ्यो, अव पार्टीको कार्यालय भवन बन्यो साह्रै खुशी भएका छौं ।’

No description available.

भेरी नगरपालिका ४ रामजानकी टोलमा पार्टीको कार्यालय रहेको छ । उद्धघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शान्ता विक, जीवनबहादुर खड्का, कालीबहादुर मल्ल, प्रदेश कमिटी उपाध्यक्ष ढकवीर राना, प्रदेश कमिटी सदस्य मुनबहादुर रावल, जिल्ला संयोजक टेकबहादुर रावल लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

सहिद स्मृति प्रतिष्ठानको समेत कार्यालय राखिएको छ । प्रतिष्ठान मार्फत भवन बनेको हो । भवन बनाउने पार्टीका कार्यालय सचिव प्रताप जैसीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।

No description available.

तपाईको प्रतिक्रिया