भेरी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

No description available.
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्वका विषयमा जानकारी दिइएको थियो ।

राष्ट्रिय खोप तालिका अनुसार नगरका १३ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका कार्यरत यज्ञ गौतमले जानकारी दिए ।

No description available.

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको गौतमले बताए । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको उनले बताए ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्री, नगर प्रमुख चन्द्रप्रकाश घर्ती, उपप्रमुख सीता गौतम, वडा अध्यक्षलगायत जनप्रतिनिधीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया