नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) जाजरकोटको बैठक सम्पन्न

No description available.
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति जाजरकोटको प्रशिक्षण तथा दोस्रो पुर्ण बैठकसदरमुकाम खलंगा सम्पन्न भएको छ । प्रशिक्षणमा सभाध्यक्ष तिलक बिष्ट, प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महाधिवेशन आयोजक समिति सदस्य तथा डोल्पा जाजरकोट जिल्ला ईन्चार्ज प्रेम प्रकाश वलि (धमिल) को उपस्थिति रहेको थियो ।

पार्टीकै जाजरकोट जिल्ला सचिवालय सदस्य हिमाल, रेडियम, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य दिपेन्द्र सिंह, पार्टीका छेडागाड नगर कमिटी ईन्चार्ज जनक थापा, युवा जनस्वयमसेवक नेपालका केन्द्रिय सदस्य पदमको उपस्तिथि रहेको थियो भने कार्यक्रमलाई संचालन सन्तोश नेपालीले गरेका थिए ।

No description available.

प्रशिक्षणमा ५८ विद्यार्थीको उपस्तिथि रहेको थियो । प्रशिक्षण पश्चात् दोस्रो पुर्ण बैठक बसेको थियो । बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको थियो । बैठकबाट २१ औं जिल्ला सम्मेलन आयोजक समिती गठन गरिएको छ । तिलक बिष्टको संयोजकत्वमा २१ सदस्यीय समिति निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया