
जाजरकोट । प्रहरीलाई अनावश्यक हैरानी दिने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिम मुसीकोट नगरपालिका –१३ बस्ने २८ वर्षिय चित्र बहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
बुढाथोकीले गत जेठ २२ गते राति ९ बजेतिर मादक पदार्थ सेवन गरी प्रहरीलाई अनावश्यक हैरानी दिने उद्देश्यले जाजरकोट जुनिचाँदे गाउँपालिका –४ लुहादह बस्ने उनकै श्रीमतीले डेढ वर्षको सानो बच्चालाई धारीलो हतियार प्रयोग गरेर काटी मारेको छ,र मेरा साथिहरु उग्र भई मेरो श्रीमतीलाई समेत कुटपिट गरेर मार्न खोजेकोले मैले रोकेर राखेको छु भनेर प्रहरीलाई अफवाह फैलाई प्रहरीलाई हैरानी दिएकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।
उक्त घटना भएको फोन प्रहरीलाई आएपछि ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायव निरीक्षक विजयराज शर्माको कमाण्डमा ५ जनाको प्रहरी टोली अन्दाजी ३ घण्टाको पैदल बाटो हिडेर उक्त स्थानमा पुग्दा उनको श्रीमती र बच्चा सकुशल रुपमा रहेको र उनलाई सम्पर्क गर्दा फोन अफ गरी बसेकोले अनुसन्धान गर्दै जाँदा फोन गर्ने समयमा उनि अर्घाखाँची जिल्लामा रहेको खुल्न आएको थियो ।
थप अनुसन्धान गर्दै जाने क्रममा बिहीबार भेरी नगरपालिका –४ गैरीखालीबाट रीतपुर्वक पक्राउ गरी जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक पन्तले बताए ।
















































। २५ असार २०७९, शनिबार