
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकाले १२ जना कृषकहरुलाई उत्कृष्ट कृषक पुरुस्कार प्रदान गरेको छ । पालिका भित्र उच्च कृषि क्षेत्रमा योगदान दिने कृषकलाई उत्कृष्ट कृषकको रूपमा पुरस्कार तथा सम्मान गरेको कृषि शाखामा कार्यरत प्राविधिक सहायक धिरेन्द्र बस्नेतले जानकारी दिए ।
कृषकलाई सम्मान गर्ने उद्धेश्यले पालिका भरिका कृषक मध्ये पालिकामा उच्च योगदान दिने कृषिका ४ वटा विद्यामा १२ जना कृषकलाई पुरस्कार उत्कृष्ट कृषकको रूपमा प्रमाणपत्र सहित कृषि औजार वितरण गरिएको बस्नेतले बताए ।
४ विद्यामा फलफूल बालीतर्फ कुशे वडा ५ निवासी डिल्ली बहादुर थापा प्रथम, नर्सरी तर्फ धन बहादुर सिंह प्रथम र खाद्यान्न बाली तर्फ कुशे गाउँपालिका वडा न ९ निवासी मन बहादुर गिरी प्रथम, तरकारी बाली तर्फ कुशे गाउँपालिका वडा न ५ निवासी बल बहादुर खत्रीलाई प्रथम स्थान सहित सम्मान गरिएको छ ।

यसरी कृषि पेशामा लागेका कृषकलाई मनोवल उच्च बनाउने उद्धेश्यले सम्मान गरिएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । यसरी कृषकलाई सम्मान गर्दा कृषि पेशामा लागेका युवालाई उत्साह हुने यस्ता कार्यक्रम सधै अगाडि बढाउने समेत उनको भनाई छ ।
















































। २५ असार २०७९, शनिबार