अध्ययन पूरा गर्न पहिलो चरणमा दुई सयभन्दा बढी नेपाली विद्यार्थी चीन फर्कँदै


कोरोनाका कारण नेपाल फर्किएकामध्ये दुई सयभन्दा बढी विद्यार्थी आगामी मङ्गलवार चीन फर्कने भएका छन् । लामो समयको कूटनीतिक पहलपछि दुई सय ८१ जना विद्यार्थी अध्ययन पूरा गर्न चीन जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त सहकार्यमा उनीहरू चीन जान पाउने भएका हुन् । परराष्ट्र मन्त्रालयले ८ सय ५० विद्यार्थीको सूची चिनियाँ दूतावासलाई पठाएको थियो ।

बाँकी विद्यार्थी क्रमैसँगै चीन फर्किने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । कोभिड–१९ महामारीका कारण नेपाली विद्यार्थीहरू चीनबाट नेपाल आएका थिए ।

तपाईको प्रतिक्रिया